• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सरकारमा सामेल हुनु शहिदको अपमानः वरिष्ठ राजनीतिज्ञ मण्डल

सरकारमा सामेल हुनु शहिदको अपमानः वरिष्ठ राजनीतिज्ञ मण्डल

राजविराज, २३ फागुन । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले झूठो आश्वासनको भरमा सरकारमा सामेल हुनु मधेशी सपूतको रगतको अपमान भएको टिप्पणी गरेका छन् ।
उनले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो टिप्पणी गरेका हुन् । मधेशी शहीदलाई सत्ताको सिढी बनाउने वा ती शहीदहरुको सपना साकार पार्न त्यस्ता तत्वको पहिचान गरि मधेशको अपुरो माँग पुरा गराउनु पर्ने हो वा होईन् ? प्रेस विज्ञप्तिमा उल्लेख गर्दै मधेशवादी दलहरुप्रति प्रश्न गरेका छन् । गत वर्ष फाल्गुन २३ गते तत्कालिन सरकार निर्देशित प्रहरीको गोलीबाट सहादत प्राप्त गर्ने पाँचै जना शहिदहरुप्रति श्रद्धासुमन अर्पित गर्दै नेता मण्डलले संविधानसभाको पहिलो चुनावपछि मधेशवादी दल माओवादीको झूठो आश्वासनको भरमा सरकारमा सामिल भएको घटना प्रतिघटना स्मरण गराएका छन् ।
‘सन् १९४२ को भारतीय स्वतन्त्रता आन्दोलन कालमा बिहार सरकारको सचिवालयमाथि स्वतन्त्र भारतको झण्डा फहराउने क्रममा ७ यूवा विद्यार्थी शहिद भएपछि ब्रिटिस शासक भारतबाट पलायन गर्ने नीति बनाएको थियो तर, नेपालको राजनीतिक आन्दोलनको इतिहासमा २०७२ मंसिर ५ गते र २०७३ फागुन २३ गते दुई दिनमा एक दर्जन मधेशी सपूतले शहादत प्राप्त गरे पनि त्यस बखतको सरकारहरुको रौं सम्म हलेन’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘वर्तमान सत्ताधारी मुख्य दलको अहं र मधेश विरोधी नीतिको विरोधमा मलेठमा शहीद भएको पाँचै शहीदको पहिलो वार्षिकी हुन नपाउँदै मधेशवादी दलबाट राष्ट्रिय पार्टी बनाउने सपना देख्ने दलले मधेशी सपुतको लाशलाई सिढी बनाई सत्ता प्राप्तीको सिढी उक्लिसकेको छ ।’
जातीय स्वायतत्ता र समाजिक विभेद समाप्त गर्ने नाराका साथ जनयुद्धमा हजारौं नेपालीको हत्या प्रतिहत्या गराउने माओवादी दल ईमान्दार भई दिएको भए २०६३ सालमै संघीयता सहितको संविधान जारी भई सक्ने इतिहास समेत वरिष्ठ राजनीतिज्ञ मण्डलले प्रेस विज्ञप्ति मार्फत स्मरण गराएका छन् ।