• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मुख्यमन्त्री तथा दुई मन्त्रीद्वारा सपथ ग्रहण

पहिलो निर्णयः शहिद र घाइते परिवारलाई रोजगार
मुख्यमन्त्री तथा दुई मन्त्रीद्वारा सपथ ग्रहण

जनकपुर, ३ फागुन । प्रदेश नम्वर २ का मुख्यमन्त्री तथा दुई मन्त्रीले सपथ ग्रहण गरे लगत्तै महत्वपूर्ण निर्णय गरेका छन् ।
प्रादेशिक राजधानी जनकपुरमा आयोजित भव्य समारोहका बीच मुख्य मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा मो. लालबाबु राउत गद्दी, आर्थिक मामिला तथा योजना मन्त्रीमा विजय कुमार यादव र भौतिक पुर्वाधार, सामाजिक विकास, वन तथा पर्यटन मन्त्रीमा जितेन्द्र प्रसाद सोनलले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री राउत तथा अन्य दुई मन्त्रीलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले सपथ ग्रहण गराएका छन् । राउतले भोजपुरी, यादवले मैथिलीमा र सोनलले हिन्दी भाषामा सपथ लिएका छन् ।
सपथ ग्रहण पश्चात बसेको मन्त्री परिषद्को पहिलो बैठकले मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिद परिवार तथा अशक्त घाइते भएकाहरुको परिवारका एक जनालाई रोजगारी दिने निर्णय गरेको छ । बैठकले परिवारको समेत परिभाषा प्रष्ट्याउँदै आमाबाबु छोराछोरी र श्रीमती पर्ने तथा पहिलो प्राथमिकतामा शहीद पत्नीलाई राखिने निर्णय गरेको छ ।
यस अतिरिक्त मधेश आन्दोलनका घाइतेको उपचारका साथै प्रदेशमा उपलब्ध हुने स्वास्थ्य, शिक्षा लगायतका सुविधा दिन शहीद तथा घाइते परिवारलाई उपचार खर्च समेत उपलब्ध गराउने निर्णय भएको जनाईएको छ । सञ्चालनमा नरहेको सरकारी तथा अद्र्ध सरकारी उद्योगहरु पुनःसंचालनका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।