• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

प्रेम सबैलाई गरौ मुल नाराका साथ जलसा सलाना सम्पन्न

प्रेम सबैलाई गरौ मुल नाराका साथ जलसा सलाना सम्पन्न

बीरगञ्ज, १३ माघ । प्रेम सबैलाई गरौ र घृणा कसैलाई नगरौ मुल नाराका साथ अहमदिया संघ नेपालको ५औ जलसा सालाना भब्यताका साथ सम्पन्न भएको छ ।
पर्सा जिल्लाको विन्दवासिनी गाँउपालिका स्थित प्रसौनीभाठामा रहेको मशरुर पब्लिक आधारभुत विद्यालयमा भएको जलसा सालानालाई सम्बोधन गर्दै विशिष्ठ अतिथि ईस्माईल ताहिरले अहमदिया संघ ई. १८९१ मा मित्र राष्ट्र भारतको पंजाब राज्य स्थित गुरदासपुरबाट शुभ आरम्भ भई विश्वको २०९ वटा मुलुकमा एक आपसमा प्रेम तथा एकताको संदेश सँगै अल्लाहको उपासनाबारे कार्य गर्दै आएको बताए ।
अहमदिया संघको नायब सचिव एवं प्रचार प्रसार प्रमुख समेत रहेका ताहिरले भने मानवीय आचारसंहिताको रक्षा गर्ने, राष्ट्रिय एकता अखण्डता एवं धार्मिक सहिष्णुताको भावनालाई कदर गर्दै यो जमात सामाजिक एवं धार्मिक कार्य गर्दै आएको बताए । अहमदिय संघ नेपालका केन्द्रिय अध्यक्ष कमरुलहोदाको सभापतित्वमा सम्पन्न ५औ जलसा सालानामा विन्दवासिनी गाउपालिका प्रमुख श्रीलाल मोदी, वडा अध्यक्ष सुकदेव यादव, खुदामुल अहमदिया संघका अध्यक्ष शमिम अहमद, मेशिनरी इन्चार्ज मोहन अहमद, सजिल गौरौ लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरे ।
कार्यक्रम संयोजक अब्दुल हफिजले स्वागत मन्तब्य एवं दमौली मेशिनरी ईन्र्चाज हासिम अहमदले सहजिकरण गरे । एक दिवसीय जलसा सालाना कार्यक्रममा मित्र राष्ट्र भारत, जर्मनी र नेपालका विभिन्न जिल्लाहरु पर्सा, बारा, सिरहा, सप्तरी, सुन्सरी, झापा, तनहु, चितवन, काठमाण्डौ लगायतको ठाउबाट अहमदिया जमातको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।