• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

जनआन्दोलनमा बुवा र जनयुद्धमा दाजु गुमाएका सरोजको स्वतन्त्र उम्मेदवारी

जनआन्दोलनमा बुवा र जनयुद्धमा दाजु गुमाएका सरोजको स्वतन्त्र उम्मेदवारी

श्यामसुन्दर यादव/राजविराज, २२ भदौ । लोकतान्त्रिक आन्दोलनमा बुवा र जनयुद्धमा दाजु गुमाएका सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३६ वर्षिय युवा सरोज कुमार यादव स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

राजनीतिक पार्टीहरुले समेत सहिद परिवारलाई उपेक्षा गरेपछि उनी स्वतन्त्र रुपमै वडा अध्यक्षमा उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रिएका हुन् । शाही शासन विरुद्धको लोकतान्त्रिक आन्दोलनका क्रममा सरोजका बुवा दशन यादवको २०६२ चैत्र २३ गते प्रहरी झडपमा परि मृत्यु भएको थियो । यस्तै तत्कालिन माओवादी जनयुद्धका क्रममा २०५९ असोज २७ गते दाजु विनोद कुमार यादव ‘अशोक’लाई सेनाले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको थियो । यद्यपी हालसम्म सरोजका परिवारले विनोदको शवसम्म पाएको छैन ।

बुवा र दाजु बाँचेको अवस्थामा घरमा नेताहरुको आउजाउ भईरहने गरेको सम्झिदै उनले भने ‘बुवा र दाजु जिवित रहँदा घरमा नेताहरुको आवत–जावत भईरन्थ्यो तर अहिले हामीसँग भेट्न पनि कोही आउदैन ।’ हाल चार दाजुभाइमध्ये चारै जना बेरोजगार भएर बसिरहेको जानकारी दिँदै शिक्षा र रोजगारीकालागि काठमाण्डौ धाउँदाधाउँदै थाकिसकेकोले नेताहरुको पछि लाग्न छाडिदिएको सरोजले दुःखेसो सुनाए ।

हिन्दू परम्परा अनुसार १२औं वर्षमा किरिया गर्नुपर्ने मान्यता रहेकोले दाजुको काज किरिया असोज २७ गते गर्नलागेका छन् । बुवा र दाजुको अभावमा जेनतेन परिवार धान्दैआएका सरोजले बुवा आवद्ध रहेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत सहिद परिवारको सोधखोज नगरेपछि बाध्य भएर स्वतन्त्रबाट उम्मेदवारी दिएको जानकारी दिए । बुवा र दाजु बाँचेको अवस्थामा घरमा नेताहरुको आउजाउ भईरहने गरेको सम्झिदै उनले भने ‘बुवा र दाजु जिवित रहँदा घरमा नेताहरुको आवत–जावत भईरन्थ्यो तर अहिले हामीसँग भेट्न पनि कोही आउदैन ।’ हाल चार दाजुभाइमध्ये चारै जना बेरोजगार भएर बसिरहेको जानकारी दिँदै शिक्षा र रोजगारीकालागि काठमाण्डौ धाउँदाधाउँदै थाकिसकेकोले नेताहरुको पछि लाग्न छाडिदिएको सरोजले दुःखेसो सुनाए ।

आमालाई साथ लिएर तत्कालिन प्रधानमन्त्रीहरु स्व. गिरिजा प्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र केपी शर्मा ओली नेतृत्वको सरकारसमक्ष अनुरोध गर्दा पनि केही उपलब्धी नपाएको गुनासो गर्दै उनले भने ‘०६३ सालदेखि हालसम्म प्रधानमन्त्री, मन्त्रीहरु समेत गरी करिब सय ओटा फाइल बुझाईसकेको छु, उपलब्धी केही भएन, उल्टै घरबाटै खर्च भयो ।’ नेताहरुका पछाडि धाउँदाधाउँदै केही नलागेपछि पार्टीहरुप्रति निराशा जागेर स्वतन्त्रबाट उम्मेदवारी दिईसकेपछि अहिले बरु उम्मेदवारी फिर्ताकालागि व्यापक दवाव समेत आउने गरेको वडा अध्यक्षका प्रत्यासी सरोजले बताए । बुवा र दाजु शोषित उत्पीडित जनताको मुक्तिकालागि राजनीतिक आन्दोलनमा बलिदानी दिएकोले आफु वहाँहरुको सपना साकार पार्ने संकल्पकासाथ चुनावी मैदानमा उत्रिएको प्रष्ट्याए । वर्तमान अवस्थामा पैसा बिना चुनाव जित्नु कठिन रहेको थाहा हुँदाहुँदै पनि केही राम्रो गरेर देखाउने सोचकासाथ अगाडि बढेको उनले बताए । वडा अध्यक्षमै जितेर ईमानदारीपूर्वक गाउँ समाजको सेवा गर्ने आफ्नो धोको रहेको जानकारी दिँदै सरोजले भने ‘सिङ्गो गाउँपालिकामै सहिद परिवारबाट सम्भवतः म एक्लो उम्मेदवार हुँ, मलाई विश्वास छ राजनीतिक पार्टीले नहेरे पनि जनताले न्याय गर्नेछन् । प्रविणता प्रमाणपत्र तह अध्ययन गरेका उनी विना तामझाम आफ्ना युवा सहकर्मीहरुकासाथ उम्मेदवारी दर्ता गराएका छन् । बुवा र दाजुका सहकर्मी तथा गाउँ टोलका अग्रज व्यक्तिहरुबाट सल्लाह सुझावसहित आशिर्वाद थाप्दै सरोज चुनावी अभियानमा जुटेका छन् ।