• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कञ्चनरुप नपाका एक हजार तीन सय परिवारलाई राहत

कञ्चनरुप नपाका एक हजार तीन सय परिवारलाई राहत

कञ्चनरुप, ३१ साउन । कञ्चनरुप नगरपालिका —१ वैरवा निवासी मोहम्मद करिम शेखले सोमबार र मङ्गलवार ६ सय परिवारलाई राहत वितरण गरेको छ ।
एक हप्तादेखि सप्तरीमा अविरल वर्षासँगै आएको बाढीका कारण (साविक वैरवा गाविस) प्रभावित परिवारलाई मोहम्मद करिम शेखले व्यक्तिगत रुपमा उक्त राहत वितरण गरेको हो । पीडित ६ सय परिवारलाई प्रति परिवार ४ किलो भूजा(मुरही), १ पेकेट दालमोठ, १ पेकेट नून लगायतका सामग्री राहतको रुपमा वितरण गरेका छन् ।
बाढी पीडितलाई सबभन्दा पहिले मोहम्मद करिमले राहत वितरण गरेका छन् । कञ्चनरुप नगरपालिकामा करिब ५ सय घर पूर्ण रुपमा क्षति भएको र ५० हजार भन्दा बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ ।
कञ्चनरुप नगरपालिकाका निमित कार्यकारी अधिकृत धीरेन्द्र यादवले कञ्चनरुप नगरपालिका १,२ र ३ का खंग र सदा समुदायका १ सय ७० घर परिवारलाई मुरही, च्यूरा वितरण गरेका छन् । करिम शेखका अनुसार बाढी पीडित परिवारका बालबालिका समेत भोकै बसेको देखेर समान्य रुपमा सहयोगको रुपमा राहत वितरण गरिएको हो ।
सोमवार समेत कञ्चनरुप नगरपालिकाले नगरपालिकाको वडा नम्बर–१ बैरवाका ३ सय परिवारलाई राहत वितरण गरेको थियो । राहत वितरणमा राजनीतिक दलका प्रतिनीधि, पत्रकार, रेडक्रस सर्वोदय उपशाखा कञ्चनपुरका प्रतिनिधि, दलित सरोकार मञ्च नेपालका प्रतिनिधि र ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक डिल्ली चौहान लगायतका सहभागिता रहेको थियो ।
कोशी बाँधमा पाल टागेर बसिरहेको बाढी पीडितहरुलाई नागरिक वडा मञ्चका प्रतिनीधि र समाजिक परिचालकबाट प्रारम्भिक सूचना संकलन गरेर तत्कालकालागि राहत वितरण गरिएको नगरपालिकाका समाजिक शाखा प्रमुख राजेश यादवले जानकारी दिएका छन् ।
नगरपालिकाकाले नगरभित्र बाढीबाट पीडितहरुको यथार्थ विवरण संकलन गरेर जिल्ला तथा केन्द्रमा थप राहतकालागि पहल गर्ने निम्ति कार्यकारी अधिकृत धीरेन्द्र यादवले बताए । विभिन्न गैर सरकारी संस्था तथा दैविक प्रकोप उद्धार समितिबाट समेत राहतकोलागि पहल गरिरहेको उनले बताए ।
यसैगरी सप्तरीको कञ्चनरुप नगरपालिका– १० बदगामा स्थित भौडाहामा अबिरल बर्षाले बाढीमा परेका २ सय घरधरी परिवारलाई समाजसेवी चितरञ्जन यादवले सोमवार राहत वितरण गरेका छन् ।
प्राथमिक विद्यालय बदगामा भौडाहाका विद्यालय व्यवस्थापन समितिका यादव एक घरपरिवार बराबर एक किलो चिउरा, एक किलो मुरही, एक प्याकेट चाउचाउ र एक प्याकेट नुन वितरण गरिएको यादवले बताएका छन् । सो बाढी पीडितमा मुसहर, मुखिया, पासवान, चौधरी यादव र मुस्लिम २ सय घरपरिवालाई ३० हजार रुपैया बराबर वितरण गरिएको छ ।