Top_Header_Right_Add

सप्तरीका पत्रकार पासवानलाई दोस्रो पटक ‘शिक्षा लेखनवृत्ति पुरस्कार

सप्तरीका पत्रकार पासवानलाई दोस्रो पटक ‘शिक्षा लेखनवृत्ति पुरस्कार

राजविराज, ३१ साउन । कञ्चनरुप साप्ताहिकका सम्पादक भोला पासवान प्रदेश नम्बर–२ बाट ‘शिक्षा लेखनवृत्ति–२०७३’ पुरस्कार पाउने भएको छ ।
नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले मंगलबार सो निर्णय गरेको हो । बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेश अन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. २० हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७३’ क्रमशः प्रदेश नम्बर १ बाट विद्या राई (कान्तिपुर दैनिक–भोजपुर), अवतार राई (चोमोलुङमा रेडियो–भोजपुर) र दमन राई (नागरिक दैनिक–खोटाङ) लाई संयुक्तरूपमा प्रदान गर्ने भएको छ । प्रदेश नम्बर २ बाट भोला पासवान (कन्चनरुप साप्ताहिक–सप्तरी) र राकेशप्रसाद चौधरी (भूमि साप्ताहिक महोत्तरी)लाई दिने निर्णय गरेको हो ।
बैठकले रु. ७५ हजार राशीको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ यस पटक कान्तिपुर दैनिकका माधव अर्याल (पाल्पा) र अन्नपूर्ण पोष्ट दैनिकका सुरेन्द्र काफ्ले (बाँके) लाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । उक्त पुरस्कारहरू एक कार्यक्रमका बीच चाँडै वितरण गरिने महासचिव उजिर मगरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार पासवानले कञ्चनपुर स्थित सर्वोदय माध्यमिक विद्यालयमा भएको भष्ट्राचारबारे ‘ भष्ट्राचारी महेन्द्रकुमार यादब कि गणेशबहादुर बस्नेत ?’ शिर्षकमा खोजमूलक समाचार लेखेवापत उक्त पुरस्कारबाट सम्मानित भएको हो । २०७२ सालमा पनि पत्रकार पासवान पूर्वाञ्चलबाट सो पुरस्कार प्राप्त गरेका थिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer