• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भव्यताकासाथ मनाईयो जन्माष्टमी पर्व

राजविराज, ३१ साउन । सप्तरीको राजविराज नगरपालिकामा कृष्ण जन्माष्टमीको अवसरमा मङ्गलवार रथयात्रा आयोजना गरियो ।राजविराज स्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा नगरको विभिन्न भाग परिक्रमा पश्चात पुनः मन्दिरमै पुगेर सम्पन्न भएको हो । रथयात्रामा राधाकृष्णको विभिन्न रुपको झाँकीसमेत प्रदर्शन गरिएको छ । झाँकीमा जिल्लाको विभिन्न क्षेत्रसँग सम्वन्धित व्यक्तित्वहरुको सहभागिता रहेको रथयात्रा मूल समारोह समितिका संयोजक रघुनन्दन यादवले जानकारी दिएका छन् । हनुमान मन्दिरबाट रथ तयार गरी मलेठ स्थित राधाकृष्ण मन्दिरमा लगेर रथयात्रा निकालिएको थियो । यसैगरी राजविराज स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा भव्य मेला लागेको थियो । मन्दिर परिसरमा भगवान कृष्णसहितका मूर्तीहरु निर्माण गरिएको छ । यस अतिरिक्त कृष्ण जन्माष्टमीका अवसरमा गाउँगाउँमा माटाको कलात्मक मूर्ती निर्माण गरी भव्य पूजाआजा गरिएको छ । उक्त अवसरमा नगरदेखि गाउँहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको छ ।