वीरगञ्ज, ६ जेठ । अल लायन्स क्लब अफ वीरगंज, जीतपुर र सिमराको आयोजनामा शनिवार वीरगञ्जको आदर्शनगर स्थित निना कम्प्लेक्समा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लबका मल्टीपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा ६ महिलासहित ६५ जनाले रक्तदान गरेको लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पसका उपाध्यक्ष विजय कुशवाहाले जानकारी दिए । रक्तदान कार्यक्रमका अध्यक्ष लायन्स क्लव २ नम्बर एरियाका एरिया का–चिफ लायन देव चौधरीले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरे ।
रक्तदान कार्यक्रममा भावना केसी, भगवती सिग्देल, प्रतिक्षा विष्ट, आयूष नाथ, सत्यब्रत आर्य, विजय गुप्ता लगायत ६५ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा लायन्स क्लबका वरिष्ठ सल्लाहकार लायन देवकी नन्दन अग्रवाल, रामहरि पाण्डे, रिजन चेयर पर्सन उमेश साह कानु, जोन चेयर पर्सन राघव आचार्य, प्रजय हरलालका, लायन्स क्लब वीरगञ्ज ग्रीन क्याम्पसका अध्यक्ष वासुदेव तिमिल्सीना, गोल्डेन स्प्यारोकी अध्यक्ष रेशमा सर्राफ, आरती अग्रवाल, रक्त सञ्चार केन्द्र वीरगञ्जका प्रमुख प्रवीण मानन्धर, मेगा बैंक नेपाल वीरगञ्ज शाखाका प्रबन्धक दिपक श्रेष्ठ, ब्लड डोनर्स एसोसिएसन पर्साका सचिव अरविन्द सिंह, नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष मायामितु न्यौपाने लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।