• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

फनिश्वरनाथ रेणु’को जन्मयन्तिको अवसरमा साहित्यिक गोष्ठी

फनिश्वरनाथ रेणु’को जन्मयन्तिको अवसरमा साहित्यिक गोष्ठी

राजविराज, २१ फागुन । आञ्चलिक उपन्यासकार ‘फनिश्वरनाथ रेणु’को जन्मयन्तिको अवसरमा नेपाली हिन्दी प्रतिष्ठानद्वारा शनिवार वहुभाषिक साहित्यिक गोष्ठीको आयोजना गरियो ।
जिल्ला विकास समितिको बैठक कक्षमा स्थानीय साहित्यकारहरुको उपस्थितिका बीच उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. अवधकिशोर सिंहको अध्यक्षता तथा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलको प्रमुृख आतिथ्यमा आयोजना गोष्ठीमा वरिष्ठ पत्रकार अनिल कुमार अनल, मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर कुमार पोखरेल, मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादव ‘पथिक’, शिवनारायण परियार, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष गोपाल प्रसाद गुप्ता, कवि सत्येन्द्रनाथ चौधरी, प्रतिष्ठानका आजीवन सदस्य जिबछ दास, नटखट दैनिकका भूपेन्द्र प्रसाद मण्डल, ललिता साह, रेडियो नेपालका सप्तरी प्रतिनीधि दिनानाथ यादव, भोरुकवा एफएमका जितेन्द्र प्रसाद गुप्तालगायतले उपन्यासकार ‘फनिश्वरनाथ रेणु’को व्यक्तित्व एवम् कृतित्वबारे चर्चा गर्दै साहित्यिक रचना प्रस्तुत गरे । कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव प्रा. सुरेन्द्र प्रसाद गुप्ताले गरे ।