• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

खुरहुरियामा आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको फोटो फिचर

खुरहुरियामा आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको फोटो फिचर

राजविराज, ७ फागुन । एम्बुलेन्स सेवा र धर्मशाला निर्माण सहयोगार्थ सप्तरीको मलेकपुर गाउँ विकास समितिको वडा नम्वर–५ स्थित खुरहुरिया डिहबार स्थानमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी रहेको छ ।
बाल व्यास विदुषी सुश्री सुविना देवीबाट विहीवारदेखि भक्ति सङ्गीतमय कथा एवम् देव लिला झाँकी प्रदर्शन भईरहेको छ । पूजा–अर्चना र आरती विहान ७ बजेदेखि ८ बजेसम्म, श्रीमद्भागवत पाठ परायण विहान ८ बजेदेखि ११ बजेसम्म, सङ्गीतमय कथा प्रवचन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म, महात्मन भक्ति सङ्गीत साँझ ७ बजेदेखि रात्री ९ बजेसम्म, फागुन ११ गते तिल अर्पण तथा जागरण, फागुन १२ गते समापन एवम् पूर्णाहुती र मुक्तिनाथको शालिग्रामको दर्शन समेत गराईने कार्यक्रम रहेको पुराण आयोजक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले जानकारी दिएका छन् ।