• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संघीय समाजवादी फोरम नेपाल सप्तरीको अध्यक्षमाः दिनेश निर्वाचित

संघीय समाजवादी फोरम नेपाल सप्तरीको अध्यक्षमाः दिनेश निर्वाचित

राजविराज, ५ फागुन । संघीय समाजवादी फोरम नेपाल सप्तरीको सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा दिनेश कुमार यादव निर्वाचित भएका छन् ।

बुधबार अबेर राती सम्पन्न मतगणना परिणाम अनुसार निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र प्रसाद यादवलाई १ सय ५७ मत अन्तरले पराजित गर्दै दिनेश विजयी भएका हुन् ।  दिनेशको पक्षमा ४ सय ३९ मत र उनको निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र पक्षमा २ सय ८२ मत मात्र परेको थियो ।

यसैगरी सदस्यहरुमा भुगोल तर्फबाट क्षेत्र नम्बर २ बाट ५ सिटका लागी ८ जनाको उमेदवारी परेकोमा कोशेन्द्र यादवले १२३ मत, प्रभानन्द मण्डलले १२१ मत, निलेश झाले ११९ मत, कृष्णदेव यादव ( श्यामदेव¬)ले ११८ मत, अनिरुद्ध यादवले ११२ मत प्राप्त गरी बिजयी भएका छन् ।

यस्तै सुरेन्द्र यादवले २३ मत, सुन्दर मुखियाले २१ मत र शिब नारायण मण्डलले १३ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ५ बाट ४ सदस्यको लागी ७ जनाको उमेदवारी परेकोमा बलराम यादबले ९० मत, मनोज यादवले ८९ मत, कन्तलाल चौधरीले ५५ मत बिष्णु गुप्ताले ५४ मत प्राप्त गरी विजयी भएका छन ।

पराजित मध्ये बिरेन्द्र चौधरीले ४९ मत, सदानन्द यादवले ४४ मत र ईन्द्रदेब यादवले ३ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ६ बाट ४ सिटको लागी ८ जनाको उमेदवारी परेकोमा दयानन्द गोइतले ६८ मत, अरबिन्द यादवले ५९ मत, सुरेन्द्र प्रसाद यादवले ५६, शक्ति यादवले ५४ मत प्राप्त गरी विजयी भएका छन् । पराजित हुनेहरुमा श्रीप्रसाद भगतले ४४, विशाल कुमार यादवले ३४, अरुण कुमार यादवले ५३, तपसी यादवले ३८ मत प्राप्त गरेका छन् ।

यसैगरी क्षेत्र नम्बर १ बाट रामेश्वर यादव, दिप नारायण साह, सुरेन्द्र्र्र्र्र्र्र्र्र्र्र्र्र प्र्रसाद यादब क्षेत्र नम्बर ३ बाट अरुण कुमार यादव, महेश कुमार यादब, तारकेश्वर यादव, नारायण यादव, रामकृष्ण मुखिया, रामेश्वर झखरैत र क्षेत्र नम्बर ४ बाट महेन्द्र कुमार यादव, केदार प्रसाद यादव, उमेश कुमार यादव, राजेन्द्र प्रसाद यादव, प्रदिप साह र अमरनाथ यादव निर्बिरोध चयन भएका छन ।

समाबेशी तर्फको आदिबासी जनजाती तर्फ ६ सिटको लागी ८ जनाको उमेदवारी परेकोमा बृजमान तामाङले ४ सय ८४ मत, चुलहाई मण्डलले ५ सय ५० मत, गन्सु चौधरीले ४ सय ६४ मत, खडकनाथ चौधरीले ४ सय ७२, राम प्रसाद चौधरीले ४ सय ७१ र बिनोद चौधरीले ४ सय ७३ मत प्राप्त गरी विजयी भएका छन । मुस्लिम तर्फबाट २ सिटको लागी ६ जनाले उमेदवारी दिएकामध्ये मो. सुलेमान मियाँले ३ सय ३१ र मो आकुफले ३ सय ४५ मत प्राप्त गरी विजयी भएका छन् ।

महिला तर्फ ८ सटिको लागी १५ जनाको उमेदवारी परेकोमा दिल कुमारी चौधरीले ४ सय ३९, उपमा देवले ३ सय ९३, किरण कुमारी यादवले ४ सय ६१, रिता शर्मा यादवले ४ सय १८, रञ्जना देवी दासले ४ सय ४, संसारी देबी चौधरीले ३ सय ९८, अम्बिकादेबी चौधरीले ३ सय ७२ मत चन्द्रिका यादवले मत ३ सय ९०, मत प्राप्त गरी बिजयी भएका छन् । यसैगरी दलित तर्फ ६ सिट मध्ये राजेन्द्र रामले ४ सय १३, सकलदेब रामले ३ सय ८७ , रामस्वागत बिश्वकर्माले ३ सय , हरि राम ३ सय २१, सिकिन्द्र पासवानले ३ सय ६५ मत, बेचनी देबी सरदारले ३ सय ५७ मत प्राप्त गरी विजयी भएको निर्बाचन अधिकृत सांसद दिल बहादुर नेपालीले जानकारी दिएका छन् ।