• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

खुरहुरियामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरु(फोटो फिचर समेत)

खुरहुरियामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरु(फोटो फिचर समेत)

राजविराज, ४ फागुन । एम्बुलेन्स सेवा र धर्मशाला निर्माण सहयोगार्थ सप्तरीको मलेकपुर गाउँ विकास समितिको वडा नम्वर–५ स्थित खुरहुरिया डिहबार स्थानमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन भएको छ ।

श्रीमद् भागवत सप्ताह पुराणको पूर्व सन्ध्यामा बुधवार भव्य शोभा कलश यात्रा निकालिएको छ । मलेकपुर, खुरहुरिया, छपकी, भथौला, धौनकी, अण्डीपट्टी, बाजितपुर, सिम्राहा सिङ्गियोनलगायत गाउँका महिलाहरुको सहभागितामा स्थानीय घोडदह नदीमा जल भरेर खुरहुरियाको रामजानकी मन्दिर, जमुनी, खैरसाल, राजविराज नगरपालिकाको विभिन्न वडा परिक्रमा गरी डिहबार स्थानमा पुगेर टुङ्गिएको छ ।
बुधवार पुर्वाङ्ग पूजन सम्पन्न भएको आयोजक समितिका संयोजक समेत रहेका मलेकपुर गाविसका निवर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद यादवले जानकारी दिएका छन् । उनका अनुसार बाल व्यास विदुषी सुश्री सुविना देवीबाट विहीवारदेखि भक्ति सङ्गीतमय कथा एवम् देव लिला झाँकी प्रदर्शन गरिनेछ ।
पूजा–अर्चना र आरती विहान ७ बजेदेखि ८ बजेसम्म, श्रीमद्भागवत पाठ परायण विहान ८ बजेदेखि ११ बजेसम्म, सङ्गीतमय कथा प्रवचन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म, महात्मन भक्ति सङ्गीत साँझ ७ बजेदेखि रात्री ९ बजेसम्म, फागुन ११ गते तिल अर्पण तथा जागरण, फागुन १२ गते समापन एवम् पूर्णाहुती र मुक्तिनाथको शालिग्रामको दर्शन समेत गराईने कार्यक्रम रहेको उनले जानकारी दिए ।