• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

डा. राउतले कविता मार्फत भने ‘कि मलाई मृत्यु कि सामाज्य हटाऊ’

डा. राउतले कविता मार्फत भने ‘कि मलाई मृत्यु कि सामाज्य हटाऊ’

–डा. सिके राउत

थाहा छ मलाई तिमीभित्र पनि आत्मा छ भनेर
जे म भित्र छ, त्यही परमात्मा छ भनेर
नभए
मेरी श्रीमतीको चुल्ठो समातेर लछारेर
आफ्नै पत्नीको कपाल छाम्न किन डराउथ्यौं होला ?
मेरी दुई बर्षिय नानीलाई बुटले हिर्काएर
आफ्नै बच्चाको चिच्याहटले किन तर्सिन्थ्यौं होला ?
हतकडी मेरो हातमा कसेर
घाउ आफ्नो नाडीमा किन खेप्थ्यौं होला ?
अन्ध्यारो चिसो छिंडीमा मलाई थुनेर
तिमी किन निसासिन्थ्यो होला ?
मेरो छातिमाथि तिमी बुट बजारेर
मध्यरात निंदरीमा किन झस्किन्थ्यौं होला ?
खुट्टामा मेरो सयौं पटक लाठी बजारेर
आफ्नै पैतालामा निलडाम किन खोज्थ्यौं होला ?
अनेकौ झुठो अपवाह म विरुद्ध फैलाएर
एकान्त कुनामा तिमी किन भकानिन्थ्यौ होला ?
ममाथि आफ्नो पुरुषार्थ देखाएर फर्केपछि
निर्दोष भित्तामा किन मुट्ठी बजाथ्र्यौ होला ?
अन्याय ममाथि थोपारेर
आफ्नो कलम तिमी किन भाँच्थ्यौ होला ?
मुख मेरो थुनेपछि
चिच्याहट तिम्रो कोठामा किन सुनिन्थ्यो होला ?
त्यसैले म भन्छु
बाँच र अरुलाई पनि बाँच्न देऊ
कि मलाई मृत्यु कि साम्राज्य हटाऊ
मितिः २०७३ माघ २१ गते
हालः ईलाका प्रहरी कार्यालय लहान, हिरासतमा