• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

अचम्मको परम्पराः उम्लेको दुधमा हात हाल्ने, तरवारको धारमा टेक्ने र आगोमा हिँड्ने (तस्विर हेर्नुहोस् )

अचम्मको परम्पराः उम्लेको दुधमा हात हाल्ने, तरवारको धारमा टेक्ने र आगोमा हिँड्ने (तस्विर हेर्नुहोस् )

राजविराज, २१ माघ । सन्तान प्राप्ति तथा दिर्घरोग निको हुने विश्वासका साथ सप्तरीको रायपुर गाविस–८ मा शुक्रबार भव्यतापूर्वक राहु पूजा सम्पन्न भएको छ ।
जिल्लाका विभिन्नबाट पुगेका आएका नरनारीले राहु पूजामा सहभागी भएका छन् । पूजा जसले गराए पनि पुजारी भने दुसाध (पासवान) जातकै हुनुपर्ने परम्परा रहेका कारण यस पटक हरीपुर गाविसका शिवकुमार पासवानले पुजारीको जिम्मेवारी सम्हालेका छन् । पूजास्थलमा पकाइएको उम्लदै गरेको खीरको भाडोमा हात हालेर खीर चारैतिर छर्किने, बाँसमा बाधेको तरवारको धारमा टेकेर उभिने, बल्दै गरेको आगोमा हिड्ने र भेडालाई दाँतले चेपेर घुमाउने पूजाका विशेष आकर्षण हुन् । यी चारवटै काम यस पटकको पूजामा पुजारी शिवकुमार पासवानले गरेका छन् ।
पूजाकालागि जुनसुकै जातका मानिसपनि सहभागी हुन सक्ने भन्दै स्थानीय समाजसेवी भोलाकुमार पासवानले यो पूजा श्रीपञ्चमीको आसपासमै हुने गरेको जानकारी दिएका छन् । उनका अनुसार राहु पूजाको चलन निकै पुरानो रहेको छ ।

तस्विरहरुः श्यामसुन्दर यादव/न्यूज टुडे