• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राज्य विरुद्धको अभियोगमा फेरी पक्राउ परे डा. सिके राउत

राज्य विरुद्धको अभियोगमा फेरी पक्राउ परे डा. सिके राउत

राजविराज, २० माघ । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक वैज्ञानिक डा. सिके राउत धनुषाको जनकपुरधामबाट विहीवार पक्राउ परेका छन् ।
स्वतन्त्र मधेशको माग गर्दै शान्तिपूर्ण आन्दोदन गर्दैआएका उनलाई जनकपुरको पुरानो बसपार्क छेउमा रहेको डेराबाट पक्राउ गरिएको हो । सप्तरी घर भएका डा. राउत विगत केही महिनादेखि धनुषाको जनकपुरमा कोठा भाडा लिएर बस्दैआएका थिए ।
स्वतन्त्र मधेश गठबन्धनले गत माघ ५ गते सिरहाको लहानमा आयोजना गरेको १०औं मधेश बलिदानी दिवसका अवसरमा डा. राउतले प्रमुख वक्ताको रुपमा सम्वोधन गरेका थिए । यस अघि ‘फ्रि मधेस’ लेखिएको प्ले कार्ड बोकेका हज्जारौं स्वराजीहरुले लहानमा बृहत जनप्रदर्शन गरेका थिए । डा. राउतले माघ ५ गते खुल्ला रुपमा देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका नेताहरुले संसदमा समेत जोडदार रुपमा आवाज उठाएका थिए ।
यता पक्राउ परेका डा. राउतमाथि राज्य विरुद्धको अभियोगमा पक्राउ गरिएको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिएका छन् ।