• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लागु औषधसहित दुई जना पक्राउ

राजविराज, १६ माघ । सप्तरीको ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाच गर्ने क्रममा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
मोरङको आम्बरदहबाट बसमा सबार दोलखा घरभई हाल काठमाण्डौ जोरपाटी बस्दैआएका १७ वर्षिय लोकसङ तामाङलाई अवैध लागु औषधसहित पक्राउ गरिएको हो । गाडीका कन्टेक्टरबाट जानकारी पाए पश्चात लागु औषध हाइजे ल्याप ८ थान लेवल नभएको, फोनार गन ८ थान, लुपि जेसिक लेवुल नभएको ८ थान, रिजीलाप १० गोटी, क्लोनज ९ गोटी ल्याउदै गरेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका तामाङलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।