• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

छिन्नमस्तामा आगोले पोलिएर महिलाको मृत्यु

राजविराज, १६ माघ । सप्तरीको छिन्नमस्ता गाउँ विकास समितिको वडा नम्वर–१ मा आइतवार एक महिलाको आगोमा पोलिएर मृत्यु भएको छ ।
जितेन्द्र मण्डलकी २४ वर्षिया पत्नी आशा देवी मण्डलको आगोमा पोलिएर मृत्यु भएको हो । १६ दिने बच्चाका साथ आफ्नै घरमा बालिएको घुरमा आगो ताप्ने क्रममा अचानक उनको साडिमा आगो सल्किन गएको थियो । शरिरभरि आगोले पोलेर घाइते भएकी मण्डलको उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।