• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बृजमान तामाङ/बिरेन्द्र बजार १५ माघ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्ब ल्होछारको पहिलो दिन शनिवार तामाङ बस्ती र चौकहरुमा शान्तिको झण्डा गाडिएको छ ।
जिल्लाको सप्तकोशी, कञ्चनरुप, शम्भुनाथ नगरपालिका, बकधुवा, सितापुर, तेरहौता, कल्याणपुर, लक्ष्मीपुर, हर्दिया लगायतका गाविसहरुको तामाङ बसोबास रहेको क्षेत्र, चौक, बस्तीहरुमा शान्तिको कामना गर्दै झण्डा गाडिएको हो । तामाङ सम्वत अनुसार नयाँ वर्षको थालनी भएको दिनखि १५ दिनसम्म विभिन्न कार्यक्रम गरी ल्होछार मनाउने प्रचलन रहेको छ । २८५३ बर्षको लामो इतिहास बोकेको ल्होछार पर्व कठित एकात्मक राज्य सत्ताका कारण ओझलमा परेको तामाङ इतिहाँसविद्हरुको भनाई छ ।
ल्होछार पर्बको पुनरजागरण गर्दै तामाङ समुदायको अधिकार सुनिश्चतताका लागि गाउँ–गाउँबाट जनदबाब सिर्जना गर्ने उदेश्यका साथ २८५३ औं ज्या ( चरा बर्ष ) सोनाम ल्होछार घर—घरमा तामाङ परम्परा अनुसार मनाई रहेको नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ । ल्होछारको पहिलो दिन लामाद्धारा मन्तर उचारण गरी तामाङ लिपीमा लेखिएको पञ्चरङ्गी झण्डा सबै तामाङको घर, गुम्बा, चौक लगायतका सार्वजनिक स्थानहरुमा सम्पुर्ण प्राणी जगतको कल्याणको होस भन्ने कामना गर्दै गाडिएको नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोलेले जानकारी दिएका छन् ।