Top_Header_Right_Add

हान आन्दोलनमा प्रहरी झडपमा पाँच जना घाइते

हान आन्दोलनमा प्रहरी झडपमा पाँच जना घाइते

वीरगञ्ज, १२ माघ । स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर बिगत २५ दिनदेखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरुमाथि प्रहरीले दमन गरेको छ ।
श्रीपुर वडा प्रहरीका प्रहरी निरिक्षक ऋषिराज ढुगांनाको नेतृत्वमा आएको प्रहरीहरुले शान्तिपुर्ण आन्दोलनमा बसेका आन्दोलनकारी माथि हस्तक्षेप गरेको हो । बिहान १० बजे धर्ना दिन कार्यालय अगाडि जम्मा भएका आन्दोलनकारीहरुलाई प्रहरीले गालीगलौज गर्दै लाठी चार्ज गरेको हानका पर्सा सदस्य शिव मण्डलले बताए ।
लाठी चार्जबाट हेल्थ असिष्टेन्ट संघ (हान)का पर्सा अध्यक्ष रबिन्द साह,सदस्यहरु नन्दराज शर्मा, सुनील कुर्मी, गोबिन्द कुमार र रितुराज शर्मा गरी पाँच जना आन्दोलनकारीहरु गम्भिर घाइते भएका छन् । प्रहरी हस्तक्षेपका क्रममा शिव मण्डल, भगवती भट्ट, नबिना अधिकारी लगायत एक दर्जन आन्दोलनकारीहरु घाइते भएको हानका सदस्य मण्डलले जानकारी दिएका छन् ।
मण्डलका अनुसार सोमबार स्वास्थ्य मन्त्रालय पुनरजागरण महाशाखाका निर्देशक महम्मद दाउदको विशेष उपस्थितिमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा वार्ता भएको र आज माँग सम्बोधन भई आन्दोलन समाप्त हुने लगभग निश्चित भएको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer