• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

कञ्चनपुर, ५ माघ । सप्तरीको कन्चरुप नगरपालिका–११ मा मंगलबार रोकी राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ७ प १७९१ नम्बरको मोटरसाइकल कन्चनरुप–११ मा साँझ ६ बजेतिर अगाडि रोकेर राखेको नम्बर खुल्न नसकेको ट्याक्टरसँग ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सप्तरी मल्नहवा–६ का ३५ बर्षिय राज नारायण चौधरीको मृत्यु भएको छ ।
गम्भिर घाइते भएका चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेलुका ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । त्यस्तै सप्तरीकै जमुनीमधेपुरा–१ स्थित भित्री सडक खण्डमा मंगलबार स २ प ८६६७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका योगेन्द्र प्रसाद यादवको ७ बर्षिय छोरा बलराम यादब घाइते भएका छन् ।
विहान १०.३० बजेतिर बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले यादवलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते बालकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।