• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उप–प्रधानमन्त्री निधी विहीवार सप्तरी आउँदै

उप–प्रधानमन्त्री निधी विहीवार सप्तरी आउँदै

राजविराज, ४ माघ । नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्वर–४ को आयोजनामा विहीवार सप्तरीको नर्घो गाविस स्थित झहुरा चौकमा विशाल जनसभमा आयोजना हुने भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका उप–प्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना हुने भएको हो । उक्त सभालाई सम्वोधन गर्न नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सामान्य प्रशासन केशव कुमार बुढाथोकी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बल बहादुर केसी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एवम् सांसद फरमुल्ला मन्सुर, नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद महेन्द्र यादव, सांसद अमरेश कुमार सिंह तथा नेपाली काँग्रेस सप्तरी सभापति एवं पूर्व जिविस सभापति दिनेश कुमार यादवलगायतका वक्ताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
मङ्गलवार सभापति यादवले पत्रकारहरुसँग कुराकानी गर्दै उक्त ऐतिहासिक सभालाई सफल पार्न सम्वद्ध सबैपक्षसँग आग्रह गरेका छन् । विशाल जनसभाको सम्पूर्ण तयारी भईसकेको सभापति यादवले जानकारी दिएका छन् ।