Top_Header_Right_Add

देशभक्त लोकतान्त्रिक पार्टीद्वारा गाविस झौवागुठीमा अन्तरकृया

देशभक्त लोकतान्त्रिक पार्टीद्वारा गाविस झौवागुठीमा अन्तरकृया

वीरगञ्ज २७ पुस, देशभक्त लोकतान्त्रिक पार्टी पर्साको आयोजनामा बुधवार पर्साको गाविस झौवागुठीमा स्थानियसँग बृहत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

‘नयां राष्ट्रिय एकताको अभिभारा संविधान परिमार्जन सभाद्धारा आउने छ, निसेधलाई छोडौं राजनीतिक संस्कृतिलाई जोडौं राष्ट्रले निकास पाउने छ’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय प्रवक्ता जलेश्वर सर्राफले मधेसका केही कुतत्वहरुले पहाड र तराई मधेसका जनताबिच सद्भाव र साम्प्रदायिक दङ्गा भड्काउने प्रयास गरेकोमा आपत्ति जनाए ।
हिमाल, पहाड र तराईका जनताहरु बिच कुनै पनि किसिमको आपसि मतभेद नरहेको र भविष्यमा पनि नहुने स्पष्ट पार्दै नेता सर्राफले प्रमुख राजनीतिक दलमा व्यक्तिवाद र यथास्थितिबादी हावी भई आदिवासी जनजाति, महिला, दलित, मुस्लिम,अल्पसंख्यक, उत्पिडित, भाषाभाषी, लिङ्ग, क्षेत्र जनताको अग्रगामी चाहनालाई आत्मसात गर्न नसक्दा पहिचान सहितको संघियता र संघियता सहितको संविधान बनाउने नेपाली जनताको चाहनालाई इनकार गरेको स्पष्ट भएको बताए । मधेसी जनताको हक अधिकारकालागी भनिएको मधेस आन्दोलनले समग्र राष्ट्रको विकास र समृद्धि नहुने हुँदा अब समग्र राष्ट्र बचाउन र नेपाली जनताको उन्नति र प्रगतिको पथमा विकास गर्न मधेस, पहाड, हिमालका जनता एक भएर अगाडि बढनु पर्ने बेला आएकोमा जोड दिए ।
अब क्षेत्रिय र जिल्लाहरुमा आन्दोलन गरी गराई आम जनताको छोराछोरीहरुलाई बली चढाउने काम कुनै पनि हालतमा हुन नदिने दाबी गर्दै प्रवक्ता सर्राफले अबको आन्दोलन क्षेत्र र जिल्लामा मात्र सिमित नभई राष्ट्रव्यापी आन्दोलनको आवश्यक्ता रहेको बताए । केन्द्रीय सदस्य प्रदिप ठाकुरले बौद्धिक सनातन धर्म संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै गास, बास, कपास, शिक्षा, रोजगार, शान्ति सुरक्षा, प्राकृतिक प्रकोपबाट सुरक्षित गर्दै परिमार्जन सभामार्फत राष्ट्रिय एकता गर्ने तथा जनतामा अन्तरनिहित सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित राखी देशभक्त लोकतान्त्रिक पार्टी सबैलाई गोलबद्ध गरी अगाडि बढ्ने दाबी गरे ।
अन्तरकृया पछि सम्पन्न भेलाबाट अनारुल राउत गदीको अध्यक्षतामा १५ सदस्यीय देशभक्त लोकतान्त्रिक गाउँ इकाई कमिटि समेत गठन भएको छ । उपाध्यक्षमा फुलमती दास तत्मा, सचिवमा कुदुस राउत गदी, कोषाध्यक्ष गायत्री देवी कम्कर रहेका छन् । त्यसैगरी सदस्यहरुमा विश्वनाथ राम, दिपेन्द्र महरा, भागमती देवी गोढ, बाबुनन्द राउत गदी, शान्ति देवी गोढी, अरुण कुमार चौरसिया, बैजनाथ साह कानु, फेदा हुसेन देवान, जोगी पासवान, अगेन्द्र पडित, फागु दास तत्वा रहेका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer