• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रेस मञ्च नेपालको केन्द्रीय अध्यक्षमा पुनः संतोष पटेल

प्रेस मञ्च नेपालको केन्द्रीय अध्यक्षमा पुनः संतोष पटेल

राकेश साह
वीरगञ्ज, २७ पुस । प्रेस मञ्च नेपालको प्रथम केन्द्रीय महाधिवेशनले पुनः संतोष पटेल(पर्सा)लाई अध्यक्ष पदमा चयन गरेको छ ।
मङ्गलवार अवेर रातीसम्म चलेको महाधिवेशनको बन्द सत्रले अध्यक्ष पटेलसहित सम्पूर्ण पदाधिकारीहरुलाई सर्वसहमतिले चयन गरेको हो । मञ्चका केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन्न बन्द सत्रले चार बर्ष कार्यकाल रहने गरी ३१ जनाको कार्य समिति चयन गरेको छ । उपाध्यक्ष एवं बिदेश प्रमुख संयोजकमा आशिष गुप्ता(बाँके), उपाध्यक्षमा बिन्द किशोर साह (धनुषा), महिला उपाध्यक्ष राधा मण्डल (मोरङ्ग), महासचिव विश्वनाथ ठाकुर (सर्लाही), सह–महासचिव बटुकनाथ झा(धनुषा), हरेन्द्र चौधरी (कैलाली), सचिवमा अंकुश श्रीवास्तव (कपिलबस्तु), विरेन्द्र यादव (सिरहा), रामएकबाल साह (रौतहट), चन्दन यादव (सप्तरी), कोषाध्यक्षमा एस.एम.जहाँगस्त(पर्सा), प्रवक्तामा रञ्जन भण्डारी (महोत्तरी), सदस्यहरुमा दिनेश यादव(रौतहट), रमेश सिंह (रौतहट), प्रवेश चौधरी (बारा), दिपिका साह(महोत्तरी), रामविकास चौधरी (रुपन्देही), रामअधिन साह (सप्तरी), विरेन्द्र नेपाल (सिरहा), गोपाल गुप्ता(सिरहा), उदयराज जयसवाल (बाँके), सन्दीप वस्य (बर्दिया), रुवरुप चौधरी (कैलाली), चन्दन रौनियार (सुनसरी), दिपेन्द्र साह (कास्की), हरी उप्रेती (चितवन), जितेन्द्र राम (धनुषा), मोहम्द रहान राजा (सिरहा), कृष्णा यादव (दाङ्ग) लगायत रहेका छन् ।
वीरगंजको गोपाल मण्डलीमा हिजो देखि शुरु प्रथम केन्द्रिय महाधिवेशन वीरगंज घोषणा पत्र जारी गरी सम्पन्न हुने केन्द्रीय सदस्य पटेलले बताए । सो अवसरमा पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो लगायत पार्टीका नेता कार्यकर्ता र प्रेस मञ्चका विभिन्न जिल्लाहरुबाट आएका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।