• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पत्रकार दिनेशलाई उमासिंह तथा ललिता र शैलेन्द्रलाई लोकेन्द्र स्मृती पुरस्कार

पत्रकार दिनेशलाई उमासिंह तथा ललिता र शैलेन्द्रलाई लोकेन्द्र स्मृती पुरस्कार

राजविराज, २६ पौष । नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा मङ्गलवार राजविराजमा आयोजना गरिएको लोकेन्द्र स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका बीच तीन जना पत्रकार पुरस्कृत भएका छन् ।

वातावरणीय पत्रकारीता पुरस्कार २०७३ बाट यस पटक पत्रकार दिनेश शर्मा सम्मानित भएका छन् । अनुसन्धानात्मक समाचारका साथै विकास निर्माण एवम् वातावरण सन्तुलन तथा प्रभावका विषयमा कलममार्फत योगदान पु¥याएवापत ‘आजको वातावरण दैनिक समाचार पत्र’ द्वारा स्थापना गरिएको सो पुरस्कारबाट मङ्गलबार शर्मा सम्मानित भएका हुन् ।
स्वर्गीय पत्रकार उमा सिंहको ८ औं स्मृति दिवशको अवसर पारेर कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवम् पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष वैद्यनाथ झाले पत्रकार शर्मालाई प्रमाण पत्रसहित पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि नगद १ हजार १ सय ११ रुपैया छ । यसैगरी, नेपाल पत्रकार महासंघ सप्तरीद्वारा स्थापित लोकेन्द्र स्मृती पत्रकारीता पुरस्कारवाट यसवर्ष पत्रकार शैलेन्द्र सिंह सम्मानित भएका छन् ।
यसैगरी ग्रीन मधेश दैनिकमा कार्यरत शैलेन्द्र सिंहलाई २३ औ लोकेन्द्र स्मृति दिवसको अवसरमा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । गत वर्षको लोकेन्द्र स्मृति पुरस्कार समेत पत्रकार ललिता साहलाई प्रदान गरिएको छ । विभिन्न कारणले गत वर्ष रोकिएको पुरस्कार यस वर्ष प्रदान गरिएको छ ।
जनही नगद २ हजार ५ सय र प्रमाणप्रत्र सहित प्रमुख अतिथी सप्तरीका सिडिओ बलदेव गौतमले सिंह र साहलाई पुरस्कृत गरेका हुन् । लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार नेपाल पत्रकार महासंघ सप्तरी शाखाको महत्वपुर्ण पुरस्कार हो ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्य वाहक अध्यक्ष श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी गौतम, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष शिवहरि प्रसाद भट्टराई, महासंघ सप्तरीका पूर्व अध्यक्षहरु वैद्यनाथ झा, व्यासशंकर उपाध्याय, मुरली प्रसाद यादव, सल्लाहकार जितेन्द्र खडगा, वरिष्ठ पत्रकार अनिलकुमार अनल लगायतले पुृरस्कृत व्यक्तित्वहरुलाई शुभकामना दिदै दिवंगत पत्रकार लोकेन्द्र बुढाथोकीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
प्रेस युनियनका केन्द्रिय सदस्य अवधेश झा, संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस सेन्टरका केन्द्रीय सदस्य राजु विश्वकर्मा लगायतले समेत मन्तव्य व्यक्त गरे । कार्यक्रममा महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णु मण्डलले स्वर्गीय पत्रकार बुढाथोकीको जिवनी बारे चर्चा गरे । कार्यक्रम सञ्चालन महासंघकी सह–सचिव सुधा देव तथा स्वागत मन्तव्य सदस्य बृजमान तामाङ्गले गरे ।