राजविराज, २३ पुस । सप्तरीका युवाहरुले शनिवार सरसफाई अभियानको १९ औं हप्ता पार गरेको छ ।
५० हप्ते सरसफाई अभियानको घोषणा गरेका युवाहरुले १९ औं हप्तामा सदरमुकाम राजविराजको पानी ट्याङ्कीदेखि पुलचोकसम्म सरसफाई गरेका हुन् । ‘सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको हातमा’ भन्ने मूल नाराका साथ प्रारम्भ गरिएको सरसफाई अभियानको १९ औं हप्ता सरसफाई गरेको छ ।
पानी ट्याङ्कीदेखि पुलचोकसम्म सडकको दुबैतिर युवाहरुले सरसफाई गरेका हुन् । सडक छेउमा रहेका फोहोर हटाउँदै युवाहरुले आफ्नो घर अगाडि तथा सडकमा फोहोर नफ्याँक्न स्थानियहरुलाई सचेत गराएका छन् । सप्तरी युथ नेपालद्वारा सरसफाई अभियानलाई निरन्तरता दिईदैआएको छ ।