• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रेरणाकी स्रोत जयललिता

विपुल कुमार
नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्दहरूले अर्थ बदलिरहेको बोगम्य निबन्ध उहिले लेखिदिएका थिए । अचेल सिनेमाका अभिनेता अभिनेत्रीलाई नायक र नायिका भनी उल्लेख गर्ने चलन चलाएर हामीले शब्दको अर्थ बदलिदिरहेका छौ । अहिले भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री जयललिताले आफूलाई वास्तविक जीवनको नायिकाको भूमिका प्रदर्शन गरेर यो नश्वर जीवनबाट अन्तिम साँस धर्तीमा छोडेर सदाका लागि विदा भएकी छिन् ।
भारतीय चलचित्र उद्योगमा हिन्दी सिनेमा समेत आफ्नो चर्चा बटुलेर राजनीतिमा हाम फालेकी जयललिता भारतको दक्षिणी प्रान्त तमिलनाडुकी मुख्यमन्त्री थिइन् । उनी सोही पदमा रहँदा रहँदै अन्तिम साँस लिएर विदा भइन् । उनको स्थानमा उनका अनुयायीले मुख्यमन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । तर जयललिताको जीवन वास्तविक जीवन जीउने तल्लो जात र वर्गका लागि कहिल्यै नबिर्सने नाउँको रूपमा रहने गरी युगौंसम्म बाँचिरहने छ ।
उनी ब्राहमण समुदायकी महिला थिइन् । तर राजनीति उनले तल्लो जातका लागि गरिन् । तल्लो जातको राजनीतिमा लाग्न उनका प्रेरक थिए एमजी रामचन्द्रन । जो आफै समकालीन समयका एक चर्चित अभिनेता थिए । उनले स्थापना गरेका एआईएएमडीकेको पार्टीमा जयललिता आफ्नो राजनीतिक जीवन शुरू गरेकी थिइन् । उनको राजनीतिक जीवनको शुरूवात अन्त्य कठिन थियो ।
२६ फेब्रुअरी १९४८ मा जन्मेकी जयललिताले मुख्यमन्त्रीको रूपमा रहँदारहँदै ५ डिसेम्बर २०१६ का दिन देहत्याग गरिन् । राजनीतिक जीवनमा तमिलनाडुको मुख्यमन्त्रीको रूपमा पाँच पटक कार्यभार सम्हालेकी थिइन् । करिब १४ वर्ष मुख्यमन्त्री पदमा
रहेर तमिलनाडुको बागडोर सम्हालेकी जयललिता अहिले तमिलनाडुका लाखौं गरिबहरूको आँखामा आशुको रूपमा रसाइरहेकी छिन् ।
उनी सन् १९८९ अखिल भारत अन्ना द्रविड मुनत्रकरघम (एआईएएमडीके)ण्की महासचिव भइन् । सन् ६०को दशकको मध्यतिर अभिेत्रीको रूपमा चर्चा बटुलेर चर्चित भएकी जयललिताले मुख्यमन्त्रीको रूपमा सन् १९९१ देखि २०१६ सम्म राजनीतिमा क्रियाशील भइ लाखौं गरिबका लागि लोकप्रिय कार्यक्रम ल्याएकी थिइन् ।
१४० सिनेमामा अभिनय गरिसकेकी उनी सन् १९८९मा चुनाव जितेर तमिलनाडु विधानसभामा प्रतिपक्षी दलकी नेत्री बनिन् । त्यसबेला डीएमकेका नेता करूणानिधिको नेतृत्वको सरकार थियो । सन् १९९१मा उनी तमिलनाडुको इतिहासमा कम उमेरका मुख्यमन्त्रीको रूपमा निर्वाचित भइन् । सन् १९९५मा आफ्नो धर्मपुत्रको विवाहमा खर्च गरेका कारण आलोचित हुन पुगेकी जयललिताले सन् १९९६को चुनावमा उनको पार्टी नराम्ररी पराजित भइन् । उनी आफू पनि हारिन् ।
त्यतिखेरका भारतका प्रधानमन्त्री अटलबिहारी बाजपेयीको राजनीतिक सहयोगबाट सो सरकारलाई विस्थापित गराइ एक वर्षपछि भएको विधानसभा निर्वाचनमा पुनः आफ्नो पार्टीलाई सत्तामा पु¥याउन सफल भइन् । तर उनी भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण मुख्यमन्त्रीको पदमा बस्न सकिनन् । सन् २००१मा पदको सपथ लिन नसकेपछि उनका अनुयायी ओ पनिरसेल्भमले पदको सपथ लिएका थिए । त्यसको ६ महिना पछि उनले सो पदको सपथ लिएकी थिइन् ।
यसैगरी सन् २०१४ पनि उनी विरूद्ध भ्रष्टाचारसम्बन्धी मुद्दामा फँसाइयो र उनलाई मुख्यमन्त्री पदको सपथ ग्रहणबाट रोकियो । त्यस मुद्दामा उनलाई २० दिन जेलमा समेत बस्नुप¥यो । त्यसपछि फेरि उनले सन् २०१५को मे महिनामा मुख्यमन्त्री पदको सपथ खाइन् ।
सन् २०१६को विधानसभाको निर्वाचनबाट चुनाव जितेर मुख्यमन्त्री बन्न सफल भइन् । त्यसपछि गत सेप्टेम्बरमा विरामी परेर अस्पताल भर्ना भइन् । ७५ दिन अस्पताल भर्ना भएपछि ५ डिसेम्बरका दिन उनको देहान्त भयो । यो राजनीतिक उतारचढावको समयमा उनले मुख्यमन्त्रीको रूपमा काम गरेको अवधि सन् २४ जुन १९९१ देखि १२ मे १९९६, १४मे २००१ देखि २१ सेप्टेम्बर २००१, २ मार्च २००२ देखि १२ मे २००६, ११ मे २०११ देखि २७ सेप्टेम्बर २०१४ र २३ मे २०१५ देखि ५ डिसेम्बर २०१६सम्म रहेका छन् ।
जयललिताका लागि तमिलनाडुका लाखौं गरिबका आँखुमा आशु हुनु उनको राजनीतिक जीवनको उतार चढाव होइन । न त उनको सिनेमाको अभिनय नै हो । उनले गरिबका लागि गरिदिएको सहयोगी कार्यक्रममा महत्वपूर्ण छन् । जसमा अहिले अम्मा क्यान्टिनको रूपमा चर्चित सस्तो दरमा स्वस्थ्यकर भोजनको व्यवस्था हो ।
राज्यसरकारले गरिबका लागि भनिखोलिएका भोजनगृहमा घाटा सरकारले बेहोर्ने गरेको छ । यो भोजनबाट रिक्साबाला, ठेलाबाला देखि लिएर त्यहाँका प्रतिष्ठानहरूमा कम तलबमा काम गर्ने कर्मचारीहरूले आर्थिक बचत गर्न सकिरहेका छन् । उनीहरूको मासिक भोजन महिनामा बढीमा ३सय भारू भन्दा कममा उपलब्ध हुन्छ ।
गरिबहरूको भलाइका लागि गरेका काम र आफू ब्राहमण भएर पनि त्यहाँको तल्लो जातको पक्षमा गरेको राजनीति नै महत्वपूर्ण विषय हो । गरिबका लागि काम गर्ने वाचा गर्नेहरूले वाचा पूरा नगर्नेहरूका लागि यो एक महत्वपूर्ण पाठ हुन सक्छ ।
विरोधीहरूले सस्तो दरमा क्यान्टिन खोलेर राज्यलाई टाटपल्टाउन खोजेको आरोपलाई बेवास्ता गर्दै खोलिएका यी क्यान्टिनमा सरसफाई गर्नेहरू रोजगारी पनि प्राप्त भएको छ । भोजन र रोजगारको व्यवस्था गरिदिएकाले नै अम्माका लागि आज दक्षिण भारतीयहरूको आँखा रसाएका छन् ।
ती आँखाहरूले गरिबहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अर्की अम्मा वा बाबाको निरन्तरताको खोजी गरिरहेका छन् । यस्तै कार्यहरूले गर्दा अभिनेत्री जयललितालाई वास्तविक नायिका बनाइदिएको छ । पर्दामा मात्र नायिका भइदिएको भए आज जयललिताका लागि गरिबहरूका आँखा किमार्थ रसाउने थिएनन् होला । (मधेश दर्पण फिचर सेवा)