• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर, १२ पुस । पूर्वाञ्चलका विभिन्न जिल्लामा सोमबार साँझ भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–७ मा साँझ साढे ६ बजे मोटरसाइकलको ठक्करबाट त्रियुगा नगरपालिका ७ का ६० वर्षिय पैदलयात्री केशर बहादुर ठकुरीको मृत्यु भएको छ । ठकुरीलाई मिलन चौकमा गाईघाटबाट जलजलेतर्फ जादै गरेको स ७ प ७२६२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका ठकुरीलाई उपचारकालागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी घाइतेहरुमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका बस्ने अशोक राई र पछाडि सवार नविन कुमार राई रहेका छन् । दुबै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी झापाको कन्काई नगरपालिका २ स्थित भित्री सडकमा साँझ साढे ६ बजे को २८ प २६०६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक कन्काई नगरपालिका ३ का कृष्ण पौडेको उपचारका क्रममा विएनसी अस्पतालमा मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार सोही ठाउँका शिव पौडेल सामान्य घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।