• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘मास्टरहरू गफमा व्यस्त, विद्यार्थीहरु खेलमा मस्त’

‘मास्टरहरू गफमा व्यस्त, विद्यार्थीहरु खेलमा मस्त’

ई. श्यामसुन्दर मण्डल

भारदह क्षेत्रमा माध्यमिक स्तरका निजी विद्यालयहरू प्रयाप्त छन् । अधिकांश हुने खानेका बच्चाहरू त्यहाँ अध्ययन गरिरहेका छन् । केही गरिवहरू आफू कष्ट भोगेर भए पनि आफ्ना बच्चालाई निजी स्कुलमा पढाउने हिम्मत गरेका छन् । जेसुकै भएपनि भारदह र आसपासका ८०५ मानिसहरू निजी विद्यालयसम्म पहूँच राख्न असमर्थ छन् ।
सरकारी गलत नीतिका कारण आज गरीवहरू शैक्षिक विभेद खेप्न बाध्य बनेका छन् । ‘जहाँ धन त्यहीँ सबैको मन’ यो सिद्धान्तले गरीवहरू पीड़ा खेप्न विवश बनेका छन् । भनिन्छ, निजी शिक्षालय सञ्चालकहरू तथा तिनका संगठित संस्थाहरूले आफ्ना स्कुलमा बच्चा तान्न ठूलो धनराशी खर्च गर्ने गरेका हुन्छन् । सरकारी कर्मचारीदेखि विद्यालयका प्रधानाध्यापक र व्यवस्थापक समेतको खरिद गरिन्छ । विद्यार्थीका नेता देखि नीति निर्माण गर्ने नेताहरूलाई पालेका हुन्छन् ।
यस्ता रहस्यका कारण आज शिक्षामा माफियाहरूले कब्जा जमाएका छन् । ग्रामीण तहमा गरीवी अत्यधिक रहने सत्य जान्दा–जान्दै सरकारले शहरी ईलाकासम्म सिमित राख्नुपर्ने निजी स्कूल गाउँको वडा तहसम्म खोल्ने अनुमति दिएका छन् । शिक्षाका नाममा आर्थिक षोषण गरेर गाउँले जीवन कठिन बनाई दिएको छ । सन्ततिका भविष्य उज्जवल बनाउने लोभ र आकांक्षाले जेनतेन कमाई गरेको सम्पूर्ण धन वोर्डिंगकै मँहगो शिक्षामा खर्चिने गरेका छन् ।
शिक्षामा हुने भारी खर्चले ग्रामीण स्तरमा अन्य प्रगतिहरू अवरूद्ध हुन पुगेका छन् । शिक्षामै सबै रकम सिद्धिए पछि स्वास्थ, कृषि, स्वस्थ भोजन, फलफूल, दूध, सामाजिक, सांस्कृतिक लगायतका अन्य प्रगतिहरू अवरूद्ध बन्न पुगेका छन् । शैक्षिक अराजकताको यस मारमा हाम्रो भारदह गाउँ पनि परेको छ । ९५५ भन्दा अधिक भारदहवासी आफ्ना बालबच्चालाई महँगो शिक्षा शुल्क तिर्न असमर्थ रहेका छन् । तथापी अन्य सबै काम थाति राखेर बच्चालाई वोर्डिङ्गमा हाल्न बाध्य छन् । यसका बावजूद यहाँका ८०५ ग्रामबासी सरकारी स्कूलकै भर परेका छन ।
गाउँका ९०५ छात्रा र ७०५ छात्रहरू शिक्षा आर्जन गर्न सार्वजनिक विद्यालय पुगिरहेका छन् । भारदह तथा आसपास रहेका गरिवहरूकालागि वी.पी. माध्यमिक विद्यालय (मा.वि.), भारदह र कङ्कालिनी मावि, पोर्ताहा गरी जम्मा दुई विद्यालयहरू रहेका छन् ।
यी विद्यालयहरू अनाथ छन् । सरकारी यी विद्यालयहरू विद्यार्थी आवत–जावतका साधन मात्र बन्न पुगेका छन् । शिक्षकहरूका लागि तलब उठाउने स्थल बनेका छन् । नेताहरूका लागि राजनीति गर्ने थलो भएका छन् । व्यवस्थापन समितिकालागि राहत, निजी, के–के शिक्षक भर्ना गर्ने लाभकेन्द्र बनेका छन् ।
स्थानीय नेता तथा पहूँच भएकाहरूकालागि श्रीमति, साली, छोरी, बहिनी, ज्वाइँ, छोरा आदिलाई जागीर खुवाउने रोजगार केन्द्रमा परिणत भएको छ । विद्यालयमा कुन मास्टर आउँछन् ? कति बजे आउँछन् ? कक्षामा कति बजे पुग्छन् ? कति जिम्मेदारीका साथ पढाउँछन् ? आदिको हिसाब राख्ने कोही छैनन् । यसको जिम्मेवारी पाएका प्रधान मास्टर नै अनियमिता र कमजोर बनेको आरोप ग्रामबासीले लगाउँदै आएका छन् । कुन बेला टिफिन हुन्छ ? कुन दिन कुन बेला छुट्टी पत्तै पाउन गार्हो भएको छ ? स्थानीयहरु गुनासो गर्दै भन्छन् ‘मास्टरहरू कोही कम्प्यूटरमा, कोही अखवारमा त कोही गफमा, कोही खेती आदिमा व्यस्त रहन्छन् । विद्यार्थीहरू हल्ला एवं खेलमा मस्त रहन्छन् ।
अभिभावकहरू प्रायः गरिव छन, जीवन धान्ने काममा व्यस्त छन्, लाचार छन्, विवश छन्, अक्षर पढेका छैनन्, तिनीहरूसँग चेतना छैन । सबैकुरा विद्यालयकै शिक्षक र स्थानीय नेताहरू माथि छोडीÞ दिएका छन् । गरिव र लाचार अभिभावकहरू नेता र शिक्षकहरूमाथि अन्धविश्वास गरी बसेका छन् । तर शिक्षकहरू बेईमान बन्न पुगेका छन् । नेताहरूले पुरै गाउँ एवं अविभावकमाथि विश्वासघात गरिरहेका छन् । जनताका कमजोरीमाथि फाईदा उठाई रहेका छन् । यस्तो बेईमानी र विश्वासघात बन्द हुनु पर्दछ । सबै सरोकारवाला जिम्मेवार र गम्भीर बन्नु पर्दछ ।
अतः सबैमा आग्रह छ, गरीव विद्यार्थी र तिनका अविभावकहरू प्रति सबैमा दया र इमान जागोस् । वी.पी. एवं कंकालिनी दुवैका शिक्षक तथा स्थानीय नेताजीहरु गरिवका शिक्षाप्रति गम्भीर र प्रतिबद्ध बनोस् । सरकारी निकाय, उपभोक्ता अधिकारवादी, नागरिक समाज, स्थानीय राजनैतिक दल, संघ–संस्था सबैको ध्यान यसतर्फ जाओस् ।
वी.पी स्कुलले कंकालिनी स्कुल र कंकालिनी स्कुलले वी.पी. स्कुलको प्रतिस्पर्धामा सिमित होईन, विद्यालयको राम्रो व्यवस्थापन अनि शिक्षाको उच्च गुणस्तरमा ध्यान लगाओस् । स्कुलप्रति विद्यार्थीहरूमा विश्वास बढाई यहाँका विद्यार्थी अन्यत्र जाने परिपाटीमा पूर्ण विराम लगाउने कोशिस गरोस् । समग्रमा, वी.पी. एवं कंकालिनी दुवै स्कुल अनुशासित भई राम्रो व्यवस्थापन र शैक्षिक गुनस्तरियता मेन्टेन गरोस हामी सबैको चाहना छ ।
(ई. श्यामसुन्दर मण्डलको फेसबुक वालबाट)