• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

धरमपुरमा ठेकेदारले मनोमानी वालुवा, गिट्टी निकासी कर असुल्दै

धरमपुरमा ठेकेदारले मनोमानी वालुवा, गिट्टी निकासी कर असुल्दै

श्यामसुन्दर पासवान/कञ्चनरुप, २९ मंसिर । जिल्ला विकास समितिबाट वालुवा, गिट्टी निकासी वापत कर असुली ठेक्का लिएका ठेकेदारले मनोमानी ढङ्गबाट रकम असुली गरिरहेको गाडीवालाहरुले गुनासो गरेका छन् ।
ठेक्कदार चाँन्द कन्ट्रसन पातोले कञ्चनपुर नगरपालिका वडा–९ धरमपुर स्थित कर संकलन केन्द्र मार्फत गुणस्तरीय वालुवा, गिट्टी प्रति क्युफिट रु २.५० र गुणस्तहिन वलुवाको १.५० रुपैयाँले प्रति क्युफिट मुल्य अभिवृद्धि कर बाहेक बढि रकम लिने गरेको जनाईएको छ ना. ५ ख. ९७९६ नम्वरको ट्रकमा ५ सय सेफ्टी वालुवाको जिल्ला निकासी दस्तुर १ हजार ५ सय मात्र हुँदा विल भन्दा बढि ७ हजार ५ सयको माग गरेको भेद खुलेका छ । गाडीको चांलकले बढि रकम दिन नमाने पछि गाडीलाई दिनभरी संकलन केन्द्र अगाडि थन्काईएको छ ।
यस विषयमा कन्ट्रसनका प्रोप्राइटर सागिर हुसेनले जिविसबाट गत बर्ष भन्दा दोब्वरमा ठिक्का लिनु परेकोले गंगाजली र पौडा खोलाबाट यस कम्पनीले मात्र वालुवा गिट्टी बिक्री वितरण गर्न पाउने प्रावधान रहेको र कर असुली गर्न त्यसमा खोलामा रहेको मजदुर र भण्डारकले समेत त्यहि काम गर्नथाले पछि बाध्य भएर रकम असुली गर्नुपरेको बताए ।
गंगाजली खोलाका मजदुर र भण्डारकले खोलाको बर्षौदेखि जिविसले ठेक्का लगाउदै आए तापनि आफूहरुले यसरी ै आफै वालुवा उत्खनन् तथा भण्डार गरी बिक्रि वितरण गर्दे आएको बताए । ठेक्कदारले यस्तो नगर्न धाकधम्की तथा हामीबाट वलुवा खरिद गरेका गाडीलाई रोकेर दुख दिने गरेको भण्डारक दिपेन्द्रनारायण यादवले बताए ।
ठेक्कदार र भण्डारक बिचको विवादको कारण खोलाका मजदुर र ढुवानी गर्न गाडी धनी मारमा परिरहेका छन् । केही महिना अघि प्रती ट्रयाक्टर १ हजारमा पाईने वलुावाको हाल २ हजार देखि २ हजार ५ सयसम्म किनु परेको घर निमार्ण गरिरहेको कञ्चनपुरका एक व्यतिmले आक्रोश व्यतm गरे ।