• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

रायपुरमा रुपनी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन

रायपुरमा रुपनी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन

राजविराज, २८ मंसिर । सप्तरीको रायपुरस्थित रुपनीमा मंगलबारदेखि रुपनी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ ।
च्याम्पियन्स क्लव रुपनीद्वारा आयोजना गरिएको प्रतियोगिताको व्याटिङ्ग गरेर स्थानीय विकास अधिकारी सुदेव पोखरेल र बलिङ्ग गरेर राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय सचिव गजेन्द्र मण्डलले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी पोखरेलले खेलको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त अवसरमा राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव मण्डल, युवा नेता मुकेश कर्ण, सद्भावनाका केन्द्रीय सदस्य दिनेश यादवसहितकाले लगायतले मन्तव्य व्यक्त गरे । प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको कल्याणपुर क्रिकेट टिमले झापाको मिलन क्रिकेट टिमलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर पहिले व्याटिङ गरेको कल्याणपुर निर्धारित १६ ओभरको खेलमा ६ विकेट गुमाएर १ सय ६२ रन बनायो । उसका लागि राहुलले सर्वाधिक ४५ रन बनाए । बलिङ्गतर्फ झापाका हिरालाल र मुकेशले २÷२ विकेट लिए ।
प्रतिउत्तरमा १ सय ६३ रनको विजयी लक्ष्य लिएर व्याटिङ्ग गर्न ओर्लेको झापाको मिलन क्रिकेट टिम ८ ओभरमै सबै विकेट गुमाएर २९ रन मात्रै बनाउन सके । जसमा अभिषेकले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेन । कल्याणपुरको तर्फबाट ननेले ५ विकेट लिए भने गौतमले ४ विकेट लिए । खेलको म्यान अफ द म्याच कल्याणपुरका नने घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबार हुने खेलमा फत्तेपुर र रुपनीबीच खेल हुने आयोजकका अध्यक्ष धिरेन्द्र कुमार चौधरीले जानकारी दिए ।