• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

चार बुँदे सहमती पश्चात तोडियो तिवारीको अनसनः दरबन्दी अनुसार चिकित्सक पठाउने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता

चार बुँदे सहमती पश्चात तोडियो तिवारीको अनसनः दरबन्दी अनुसार चिकित्सक पठाउने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता

राजविराज, २५ मंसिर । सप्तरीमा विगत १८ दिनदेखि आमरण अनसनमा बस्नुभएका विकास तिवारीले शनिवार आमरण अनसन तोडेका छन् । 

नेपाल स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा सरकारी पक्ष र आन्दोलनत तिवारीका प्रतिनीधि बीच चार बुँदे सहमती पश्चात आमरण अनसन तोडिएको हो । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरको रुखमुनि अस्पताल सुधारको माग राख्दै मंसिर ८ गतेदेखि आमरण अनसन गर्दैआएका थिए । सरकारका प्रतिनीधि बीच सहमति भएपछि तिवारीले कुपोषित १४ महिने बालिका निलमकुमारी मण्डलको हातबाट जुस खाएर अनसन तोड्नु भएको छ ।
सहमति पश्चात अनुसार एक महिनाभित्र गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक सरकारले खटाउने, अस्पतालको अनियमितता सम्बन्धमा स्वास्थ्य मन्त्रालयले सात दिनभित्र उच्चस्तरीय छानबिन समिति बनाउने, उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाएपछि दोषी ठहर भएकालाई कारबाही गर्ने प्रतिवद्धता मन्त्री थापाले गरेका छन् ।