• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

धनुषाका सिडिओ र एसपीमाथि बन्दी–प्रत्यक्षीकरणको मुद्दा दायर, हिरासतमै अनसन

धनुषाका सिडिओ र एसपीमाथि बन्दी–प्रत्यक्षीकरणको मुद्दा दायर, हिरासतमै अनसन

धनुषा, २५ मंसिर । गत मङ्गलबार जनकपुरमा विवाहपञ्चमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्ने क्रममा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका १७ जना समर्थकको पक्षबाट विहीबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरिएको छ ।
धनुषाको जनकपुर उच्च अदालतमा पक्राउ परेकाहरुको हकमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको हो । उक्त मुद्दामा शुक्रबार उच्च अदालतले प्रतिवादी जिल्ला प्रहरी कार्यालय, धनुषा लगायतलाई आइतबार लिखित जवाब र बन्दी समेत लिई हाजिर हुन आदेश जारी गरेको छ ।
उच्च अदालतले उक्त आदेश जारी गरे सकेपछि जिल्ला प्रहरी कार्यालय, धनुषाले सबै जना बन्दीलाई सरकारी वकीलको कार्यालयमा ल्याएर म्याद थमाउन लगाएका थिए । स्मरणीय छ, आजसम्म उनीहरुलाई कुनै पनि सम्बन्धित निकायबाट म्याद समेत थमाइएको थिए र पूर्णतः गैरकानूनी गैरन्यायिक रुपमा हिरासतमा राखिएको थियो ।
उच्च अदालतको आदेशपछि दबाबमा आएको जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार पछिल्लो मिति राखी बन्दीहरुको म्याद थमाएको हुन सक्ने आशंका गरिएको छ । अदालतमा उपस्थित हुने क्रममा हिरासतमा रहेका बन्दीहरुले आफूमाथि हिरासतभित्र गालीगलौज र दुर्व्यवहार गरेको आरोप लगाएका छन् । उक्त कार्यको विरोधमा हिरासतमा रहेका उपेन्द्र रोहिता र सञ्जय यादव हिरासतभित्रै बिहीबारदेखि नै अनशन थालेका छन् ।