• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रेडक्रसद्वारा पत्रकार अभिमुखिकरण कार्यक्रम

रेडक्रसद्वारा पत्रकार अभिमुखिकरण कार्यक्रम

राजविराज, २५ मंसिर । नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा शुक्रवार राजविराजमा पत्रकार अभिमुखिकरण कार्यक्रम आयोजना गरियो ।
राष्ट्रिय तथा स्थानीय सञ्चारमा माध्यममा कार्यरत जिल्लाका सक्रिय पत्रकारहरुको सहभागिता रहेको उक्त अभिमुखिकरणको वरिष्ठ पत्रकार कुन्दन अर्यालले सहजीकरण गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस र आम सञ्चारमाध्यम, पत्रकारिताको सामाजिक उतरदायित्व र किशोरकिशोरीसँग सम्वन्धित सवालहरु, किशोरावस्थामा हुने शारिरीक वैचारिक र सामाजिक परिवर्तन तथा चुनौतीका रुपमा रहेका गलत सामाजिक प्रचलन र अभ्यास, स्थलगत अवलोकन, कुराकानी र विषयको उत्खनन्, लैङ्गिकतामा आधारित हिंसा, हानिकारक अभ्यासहरु बालविवाह, दाइजोलगायतका कुरितीहरुबारे समाचार संकलन तथा सम्प्रेषणको विषयमा प्रशिक्षण दिईएको छ । रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगतको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।