Top_Header_Right_Add

मैथिली साहित्य परिषदका पूर्व अध्यक्ष ई. मण्डलको निधन

मैथिली साहित्य परिषदका पूर्व अध्यक्ष ई. मण्डलको निधन

राजविराज, २३ मंसिर । मैथिली साहित्य परिषद राजविराजका पूर्व अध्यक्ष ई. भोजदेव मण्डलको ७९ वर्षको उमेरमा विहीवार निधन भएको छ ।
सप्तरीको लौनियाँ गाउँ विकास समिति वडा नम्वर–४ स्थितको आफ्नै घरमा उनको निधन भएको हो । मण्डल विगत केही समयदेखि विरामी रहँदै आएका थिए । उनका तीन छोरा क्रमशः प्रा. तेजनारायण, चन्देश्वर जितेन्द्र र एक छोरी रहेको छ । er-bhojdeb-mandal
सरकारी जागिरमा रहँदा देशका विभिन्न जिल्लाहरुमा काम गरी कुशल ईन्जिनियरको रुपमा चिनिएका थिए । शालिन एवम् भद्र स्वाभावका उनी २०६३–६४ सालताका मैथिली साहित्य परिषद्को अध्यक्षको जिम्मेवारीमा रहेर मैथिली भाषा, साहित्य एवम् कला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रसँग आवद्ध रहेका उनले समाज सेवा तथा भाषिक आन्दोलनमा समेत सक्रिय रहँदैआएका थिए । उनको अन्तिम संस्कार शुक्रवार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
मैथिलीसेवी मण्डलको निधनले आफू अति मर्माहित एवम् स्तब्ध भएको भन्दै मैथिली क्षेत्रले कुशल व्यक्तित्व गुमाएको मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष समेत रहेका विष्णु कुमार मण्डलले बताए । ईमान्दार, कर्तव्यनिष्ठ एवम् सादगीपूर्ण व्यक्तित्वको रुपमा चिनिएका उनले मैथिली क्षेत्रमा दिएको योगदान अविस्मरणीय रहने बताए ।
यसै ई. मण्डलको निधनले मैथिली साहित्य परिषद्ले कुशल अभिभावक गुमाएको परिषद्का सचिव श्यामसुन्दर यादवले प्रतिक्रिया दिएका छन् । उनको निधनको खबरले आफू अति मर्माहत एवम् स्तब्ध भएको भन्दै मैथिलीसेवीहरुकालागि उनको व्यक्तित्व सधैं प्रेरणादायी रहने बताए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer