• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संविधान संशोधन प्रस्तावमा थप संशोधन आवश्यकः महामन्त्री सोनल

संविधान संशोधन प्रस्तावमा थप संशोधन आवश्यकः महामन्त्री सोनल

नीरज पिठाकोटे
पर्सा २० मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले सरकारले ल्याएको संविधान संसोधनको प्रस्तावलाई थप संशोधन गर्नुपर्ने बताएका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत सदस्यता वितरण अभियानको क्रममा बाराको क्षेत्र नम्बर ४ को प्रस्टोका गाविसमा सदस्यता वितरण कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । उनले भने, ‘देशलाई धेरै अल्झाएर राख्नु हुँदैन, हाम्रो माग संविधान संसोधन नै हो, संसोधन प्रस्ताव आयो सकारात्मक छ, तर यो संसोधनले सबै समस्या समाधान हुदैन, यसलाई संसोधन गरेर एकैचोटी समाधान गर्नुपर्छ ।’
राजनीतिक निकासका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पहिलेदेखि नै लचक रहेका बताउँदै उनले ठूला राजनीतिक पार्टी मुख्य गरी एमालेले पनि लचकता अपनाउनुपर्नेमा जोड दिए । पहिले संविधान संसोधन गरेर मात्र निर्वाचन प्रकृयामा गए संविधान कार्यान्वयनमा सहजता आउने उनले टिप्पणी गरे ।
सरकारको संसोधन प्रस्तावको विरोधमा अहिले बुटवलमा भईरहेको आन्दोलन एमाले पार्टीका कार्यकर्ताहरुको आन्दोलन भएको उनले बताए । मधेसीको अधिकार प्राप्तिकालागि आएको संविधान संसोधन प्रस्ताव विरुद्ध एमालेले गरेको हस्तक्षेपकारी आन्दोलनले देशमा साम्प्रदायिकता भड्किने सम्भावना रहेको भन्दै त्यस्ताखाले आन्दोलन तत्काल रोक्न एमालेलाई चेतावनी दिए ।