• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
संशोधन प्रस्ताव मान्य हुदैनः अध्यक्ष यादव

पर्सा, २० मंसिर । संघिय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बिना छलफल ल्याइएको संबिधान संसोधन प्रस्ताव मान्य नहुने बताएका छन् ।
पर्साको गङ्गभवानीपुरमा सोमवार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो कुरा बताएका हुन् । सरकारले संविधान मधेशी जनतामाथि लाद्न खोजे बिर्दोह हुने बताए । मधेशी, थारु, जनजाति, मुल्सिम, आदिवासी तथा अन्य पिछडावर्गलाइ यस संबिधानले मौलिक हक र अधिकार बाट बञ्चित गरेको समेत ठहर गर्दै संशोधन प्रस्तावले मधेशी, जनजाति, थारु, मुस्लिम तथा अन्य पिछडा वर्गको अधिकार सुनिश्चित नहुने दावी गरे । अध्यक्ष यादवले राज्यको विभेदकारी नीतिले गर्दा मधेशमा सबै साधन हुँदा पनि मधेशको बिकास हुन नसकेको प्रष्ट्याए ।
पार्टीका बारा जिल्ला अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत् गद्दी, पुर्व सभासद तथा पार्टीका माहासचिव राम सहाय यादव, पुर्व सभासद प्रमोद गुप्ता, केन्द्रीय सदस्यहरु राम किशोर यादव, प्रयाग राय यादव, बिरेन्द्र यादव, बच्चा राय यादव लगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि करिब ५ सयको संख्यामा विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेको संघिय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले जानकारी दिएका छन् । पार्टी प्रवेस गर्नेहरुमा पुर्व सभासद् आत्माराम साह, तराई मधेश राष्ट्रिय अभियानका केन्द्रीय सदस्य अशोक राउत, राप्रपाका मिश्रीलाल साह, माओवादीका चन्द्रदेव राउत, हरिदेव प्रसाद जयशवाल लगायतका रहेका छन् ।