
जनकपुर, १९ मंसिर । धनुषाको जनकपुर स्थित रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आएका श्रद्धालुलाई पेय जल खुवाईरहेका स्वतन्त्र मधेश गठबन्धनका अभियन्ताहरुलाई प्रहरीले रोक लगाएको छ ।
रामानन्द चौकमा सर्वसाधारणलाई पानी खुवाईरहेका गठबन्धनका स्वराजीहरुलाई रोक लगाउँदै बलपूर्वक शिविरमा तोडफोड गरेका हुन् । पेय जल वितरण शिविरमा नेपाल प्रहरीले तोडफोड गर्दै पानी खुवाउन राखिएको पानी समेत फालेका छन् । पानी खुवाउने कार्यमा खटिएका स्वराजीहरुसँग प्रहरीले दुव्र्यवहार समेत गरेको गठबन्धनले जनाएको छ ।