Top_Header_Right_Add

गुलामीबाट मुक्ति नपाएसम्म मधेशी जनताको अधिकार सुनिश्चित नहुनेः पूर्व न्यायाधीश यादव

गुलामीबाट मुक्ति नपाएसम्म मधेशी जनताको अधिकार सुनिश्चित नहुनेः पूर्व न्यायाधीश यादव

राजविराज, १५ मंसिर । सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश अवधेश कुमार यादवले मधेश गुलामीबाट मुक्ति नपाएसम्म मधेशी जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताएका छन् ।
सप्तरीको डिमन–१ मा आफ्ना माता दाइजी देवी तथा पिता नथु यादवको नव निर्मित स्मारकमा बुधवार मूर्ती अनावरण समारोहमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशी जनतालाई अहिले पनि गुलाम बनाएर राख्ने षडयन्त्र भईरहेको टिप्पणी गर्दै उनले भने ‘ मधेश गुलामीबाट मुक्ति नपाएसम्म मधेशी जनताको अधिकार सुनिश्चित हुन सक्दैन, झुठा आश्वासन दिएर ठग्ने काम भईरहेको छ ।’justice-3
मधेशवादी दलका नेताहरुमा राजनीतिक चरित्र भन्दा पनि व्यक्तिगत स्वार्थ हावी रहेको बताउँदै यस्तो अवस्थामा मधेशको मुक्ति नहुने बताए । मधेश र मधेशी जनताप्रति माओवादी, कांग्रेस र एमाले कहिले पनि जिम्मेवार हुने उनले दावी गरे । ठूला दलहरुको मधेशप्रतिको दृष्टिकोण ठिक नरहेको बताउँदै सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश यादवले भने ‘अधिकांश नेताहरु भ्रष्टाचारमा डुबेका कारण देशको यस्तो हालत भएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईमान्दारीपूर्वक कार्वाही अगाडि बढाए अधिकांश नेता पर्ने निश्चित छ ।’
माओवादी जनयुद्ध जनताको मुक्तिको लागि हो भन्ने विश्वास आफूलाई लागेको स्मरण गर्दै उक्त पार्टी र पार्टीका नेता सत्तामुखि भएकै कारण नीति र सिद्धान्तबाट विचलित भएको उनले टिप्पणी गरे । ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही गर्छ भने आश जागेको थियो तर त्यसको ठिक विपरित परिणाम देखियो’ उनले भने ‘जनताको मुक्ति नभए पनि सत्तामा पुगेर अर्बौं–खर्बौंको सम्पत्ति जोडेर भ्रष्टाचारी बन्न सफल भएको छ ।’ justice-1
डिमन गाविसका पूर्व अध्यक्ष लछन यादवको अध्यक्षता तथा स्थानीय समाजसेवी बद्रीनारायण झाको प्रमुख आतिथ्यमा आयोजित समारोहमा पाराडाइज कलेजका सञ्चालक समिति सदस्य उमेश यादव, स्थानीय उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक कपलेश्वर यादव, पूर्व प्रधानाध्यापक विश्वनाथ साह, स्थानीय वुद्धिजिविहरु रामदेव यादव, रामअवतार यादव, सिताराम साह, दशरथ यादव, शिक्षक मुनेश्वर यादव, पत्रकार श्यामसुन्दर यादवलगायतले अवकाशप्राप्त न्यायाधीश यादवले मातापिताको शालिक निर्माण गरेर उदाहरणीय गरेको भन्दै वर्तमान पीढिले प्रेरणा लिनुपर्नेमा जोड दिए । उक्त स्थानमा शालिकका साथै पार्कसमेत निर्माण गरिएको कार्यक्रम सञ्चालक समेत रहेका युवा नेता केदार यादवले जानकारी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer