• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सवारी दुर्घटनामा एक बृद्धाको मृत्यु

बृजमान तामाङ
बिरेन्द्र बजार, १४ मंसिर । सप्तरीको छुट्टा–छुटै स्थानमा मङ्गलवार भएको सवारी दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएकी छिन् ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५३१२ नम्बरको बसको ठक्करबाट पहिचान खुल्न नसकेको एक ७० बर्षिय बृद्धाको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।
यसैगरी सप्तरीको तेरहौता–५ बिरेन्द्र बजारमा मङ्गलवारै अपरान्ह भएको मोटर साईकल दुर्घटनामा एक २२ बर्षिय युवती गम्भिर घाईते भएकी छिन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तरी प्रसवनी–३ का ठेकीदेवी चौधरी घाईते भएकी हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ७६ प ६६१६ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउदै गरेको को ३ प ४३२ नम्बरको मोटरसाइकलले बाटो काटेपछी बचाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको स्थानियवासिन्दा बताएका छन । घाइते चौधरीलाई स्थानियवासीले उद्धार गरी तत्कालै उपचारकोलागि अस्पताल पठाएको छ ।
टाउकोमा गम्भिर चोट लागेका घाइते चौधरीको स्थानीय रायपुर स्थित युनिक अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात थप उपचारकोलागि वि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ । दुर्घनाग्रस्त मोटर साइकल ईलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रण रहेको ईलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।