• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

मनोकामना पूर्ण हुने शक्ति स्थल भारदहको कङ्कालिनी भगवती

मनोकामना पूर्ण हुने शक्ति स्थल भारदहको कङ्कालिनी भगवती
shyam
श्यामसुन्दर यादव

श्यामसुन्दर यादव
सप्तरी जिल्लाको भारदह गाविस–१ मा कंकालिनी भगवती मन्दिर स्थापित छ । पूर्वमा कोशी पश्चिम तटबन्धस“गै लोकमार्गको छेउमै अवस्थित यो शक्तिस्थल नेपालमै चर्चित मानिन्छ ।
सदरमुकाम राजविराजदेखि १५ किलोमिटर पूर्व सुनसरी जिल्लाको सीमानामै स्थापित बैरवाका विर्तावाल उदयानन्द पण्डितलाई भगवतीले सपनामा भनेकी थिइन् । म भारदह गाउ“को पीपलको फे“दमा जमीनमुनि बसेकी छु । खनेर मेरो स्थान बनाएर स्थापना गर । म तिम्रो वंशको रक्षा गर्नेछु । सपना देखेको भोलिपल्ट उक्त स्थानमा खनेर हेर्दा भगवतीको मूर्ति भेट्टिएको बूढापाकाहरूको भनाइ रहेको छ । विर्तावाल उदयानन्दले उक्त स्थानमा मन्दिर बनाउन लाग्दा तत्कालीन राजाको तर्फबाट भीमसेन थापामार्फत मन्दिरमा दैनिक पूजापाठको बन्दोवस्त मिलाउन १० विगहा जग्गा प्रदान गरिएको थियो ।
तत्कालीन मन्दिर कोशी कटानमा परेपछि स्थानीयवासिन्दाहरूले टोलमा लगी साधारण फुसको घरमा कंकालिनी भगवतीको स्थापना गरेर पूजा–आजा गर्दैआएका थिए । सन् १९७२ मा हालको स्थानमा सारिएको थियो । भारतका तात्कालीन रेलमन्त्री ललितनारायण मिश्र विमान दुर्घटनामा पर्नलाग्दा सन् १९७० मा भाकल गरेका थिए । उनको भाकल पूरा भएपछि उनले शिखर शैलीको मन्दिर बनाएका थिए । उक्त मन्दिर जीर्ण भएपछि स्थानीय वासिन्दाहरूको विशेष सक्रियता तथा केही विशिष्ट व्यक्तिहरूको समेत सहयोगले पैगौडा शैलीको भव्य एवम् आकर्षक मन्दिर निर्माण गरियो । उक्त मन्दिरमा वि.सं. २०५९ साल असार महिनामा मूर्ति प्रतिष्ठापित गरियो । हालको मन्दिरको भव्यता तथा आकर्षण पूर्व–पश्चिम लोकमार्ग भएर जाने पर्यटक तथा यात्रुहरूको मन लोभ्याउने गर्दछ । प्रत्यक्ष रूपमा कंकालिनी भगवती दर्शन गर्न नभ्याए पनि सवारी साधनहरूबाटै भक्तजनहरूले अपार श्रद्धाका साथ शिर निहु¥याउने गर्दछन् । bhardah-4
देशकै प्रमुख पर्यटन केन्द्रको रूपमा रहेको यो शक्तिस्थलमा करिब तीन फिट अग्लो भगवतीको माताको खण्डित मूर्ति स्थापित छ । कालो चिल्लो पत्थरको कंकालिनी भगवतीले कुनै दानवलाई मारी उसको आन्द्रा विकराल दा“तले चपाउ“दै गरेको प्रष्ट देखिन्छ । मूर्तिनिर दानव र मूर्तिको दा“तमा आन्द्रा अल्झिएको जस्तो देख्न सकिन्छ । विकराल एवम् दुर्लभ मानिने यस्तो मूर्ति देशको अन्य कुनै शक्तिस्थलमा रहेको पाइ“दैन । पुरातत्वविद्हरूका अनुसार यस शक्तिस्थल र काठमाडौंको दक्षिणकालीमा रहेका मूर्तिहरू समकालीन हुन् ।
यस मन्दिरमा भाकल पूरा हुने जनविश्वास रहेको छ । खासगरी निःसन्तान महिलाले यहा“ भाकल गरेपछि सन्तानको प्राप्ति, नोकरीको अवसर, मुद्दामामिलामा जीत, दैवीप्रकोपका साथै अनिष्टहरू साम्य हुने गरेको स्थानीय भुक्तभोगीहरूको कथन छ । भाकल पूरा भएपछि रा“गा तथा बोकाको बली प्रदान गर्ने गर्दछन् । यसबाहेक सामान्य रूपमा परेवा, मीठाई, तथा गरगहना समेत भक्तजनहरूले चढाउने गर्दछन् ।
महानवमीका दिन नेपालमै सबभन्दा सयौंको सङ्ख्यामा रा“गाको बली प्रदान हुने गर्दछ । यहा“को बलिप्रदान तथा महानवमी पूजा हेर्नका लागि नेपाल तथा भारतको विभिन्न स्थानहरूबाट हजारौंको सङ्ख्यामा श्रद्धालुभक्तजनहरू आउने गर्दछन् । धनकुट्टा स्थितका तत्कालीन पुनरावेदन अदालतमा मुद्दा लड्न जानेहरूले यस शक्तिस्थलमा भाकल गरेर जाने गर्दथे । मनोकामना समेत पूर्ण भएको प्रत्यक्षदर्शीहरूको अनुभव रहेको छ । bhardah-1

जिल्लाको श्रृङ्गार बढाउनमा यो मन्दिरले महत्वपूर्ण भूमिका खेलेको छ । हजारौंको सङ्ख्यामा रा“गा तथा बोकाको बली प्रदान हुने यस स्थलमा झिंगा नलाग्ने गरेको स्थानीय बासिन्दाहरूको कथन छ । कंकालिनी भगवतीकै पराक्रमबाट अन्तर्राष्ट्रियस्तरमै चर्चित गायक उदितनारायण झा जस्ता कैयौं व्यक्तिहरू सफल भइसकेका छन् । उदितनारायण कंकालिनी भगवतीको अनन्य भक्त थिए । उनको मनोकामना पूर्ण भएका कारण दशमीको अवसरमा नवमीका दिन पूजा गर्न तथा रा“गाको बली दिन आउने गर्दथे । उनले हालको नवनिर्मित मन्दिरमा एक लाख रूपैया“ सहयोग गरेका थिए । मन्दिरको महिमाबाट प्रभावित भई यहा“ नेपाल तथा भारतको विभिन्न जिल्लाहरूबाट श्रद्धालुभक्तजनहरू आउने गर्दछन् ।bhardah-7
कंकालिनी भगवती मन्दिरकै छेउमै सुन्दर एवम् मनोरम दह रहेको छ । स्थानीयवासिन्दाहरूका बीच झिलको नामबाट परिचित उक्त दहमा विभिन्न प्रजातिका चराहरू बिचरण गर्ने गर्दछन् ।(लेखक न्यूज टुडे दैनिकका सम्पादक हुनुहुन्छ)bhardah-5