• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

नायिका डोली सरकारको लोक दोहोरी म्युजिक भिडिओ सार्वजनिक(भिडिओ हेर्नुहोस्)

नायिका डोली सरकारको लोक दोहोरी म्युजिक भिडिओ सार्वजनिक(भिडिओ हेर्नुहोस्)

राजविराज । मैथिली तथा भोजपुरी सिनेमाकी चर्चित अभिनेत्री डोली सरकार नेपाली लोक दोहोरी ‘बोली नफेर’ म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
अभिनय एवम् नृत्यकलामा खारिएकी उनले नेपाली लोक दोहोरीमा बेजोड कला देखाएकी छिन् । मिथिला संस्कारमा हुर्किएकी उनले उक्त म्युजिक भिडियोमा मुख्य मोडेलको भूमिका निभाएकी हुन् । मधेशको मुख्यतया मैथिली र भोजपुरी सिनेमा तथा म्यूजिक भिडियोहरुमा देखिने चर्चित डोलीको रुप समेत फेरिएको छ । यस म्युजिक भिडियोमा नेपाली पहिरणमा सजिएर लोकभाकामा समेत जादुमय प्रतिभा प्रष्फुटन गर्न सफल भएकी छिन् ।dolly
गायक तथा मोडेल दिनेश थापाको लोक दोहोरी म्युजिक भिडियोको ‘चोली फेर मायाले, बोली नफेर’ बोलको उक्त गीत हिजो मात्र युट्युबमा अपलोड गरिएको छ । युट्यबमा समेत उक्त भिडियोको भिउवर ह्वात्तै बढ्दै गएको छ । दिनेश थापा र चन्दा अर्यालको स्वर तथा एकनारायण भण्डारी शब्द र लय रहेको लोकदोहोरीको सम्पूर्ण छायाङ्कन काठमाण्डौको विभिन्न स्थानहरुमा गरिएको छ ।
‘पहिलो प्रेम’ र ‘पिएँ थोरै’मा मोडलिङ्ग गरिसकेको जानकारी दिँदै उनले भनिन् ‘लोक दोहोरीमा मेरो यो पहिलो अनुभव हो, नेपाली पहिरण अनि नेपाली लोकभाकामा अभिनय गर्न पाएकोमा धेरै खुशी छु । बब्बु थापाको निर्देशन एवम् कुशल क्यामेरा म्यान दुर्गा पौडेलद्वारा छायाङ्कन गरिएको ‘बोली नफेर’मा नेपाली दर्शकहरुले गत–विगतका म्युजिक भिडियोहरु भन्दा केही नयाँपनको अनुभुति पाउने डोलीले बताईन् ।dolly-sarkar
खासगरी मैथिली र भोजपुरी कलाक्षेत्रमा अत्यधिक चर्चा पाएकी डोलीले नेपाली दर्शकहरुबाट अझ औधी माया पाउनेमा आफू आशावादी रहेको बताईन् । ‘मलाई लोक दोहोरीमा ल्याउने चर्चित गायिका चन्दा अर्याललाई विशेष धन्यवाद दिनचाहन्छु ।’ बोली नफेर म्युजिक भिडियोमा दिनेशसहित सम्पूर्ण युनिटले गरेको खुबै मेहनतले काम गरेकोले सफलता पाउनेमा आशावादी रहेको नायिका डोलीले ‘न्यूज टुडे’लाई बताईन् । कामना डिजिटल प्रा.लिको प्रस्तुती रहेको लोक दोहोरी म्युजिक भिडियो म्युजिक नेपालले सार्वजनिक गरेको छ ।
चार वर्षकै उमेरदेखि कला क्षेत्रमा समर्पित डोलीले हालसम्म करिब एक दर्जन मैथिली र भोजपुरी फिल्ममा मुख्य भूमिका तथा करिब डेढ दर्जन एल्वम तथा आधा दर्जन टेलिफिल्ममा अभिनय गरिसकेकी छिन् ।

भिडिओ हेर्नुहोस्