Top_Header_Right_Add

मैथिल समाजद्वारा विरामीलाई फलफूल वितरण

मैथिल समाजद्वारा विरामीलाई फलफूल वितरण

भैरहवा, ९ भदौ । मैथिल समाज रुपन्देही बुटवले १०औं वार्षिकोत्सव भव्यताकासाथ मनाएको छ ।
समाजद्वारा शनिवार भैरहवा स्थित भीम अस्पतालका विरामीलाई फलफूल वितरण गरियो । समाजका अध्यक्ष मुखीलाल चौधरीको अध्यक्षता तथा समाजका आजीवन सदस्य एवं नेपाल बिद्युत प्राधिकरण भैरहवा बितरण शाखाका प्रमुख मुनिन्द्र ठाकुरको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी फलफूल वितरण गरिएको जनाईएको छ ।
शहिद पथ, सिद्धार्थनगर नगरपालिका निवासी अमर कुमार झा र उनकी पत्नी पुतुल झाले फलफूल उपलब्ध गराएका थिए । फलफूल वितरण कार्यक्रममा समाजक उपाध्यक्ष विजयकुमार झा तथा सचिव नागेन्द्र राय यादव, मैथिल महिला समाजकी अध्यक्ष अनिता झा, सचिव ममता सिंह, समाजका कार्यकारी सदस्य विमलकुमार ठाकुर एवं श्रीमती झुमुर सिंहा, समाजका आजीवन सदस्य एवम् सल्लाहकार उदयकुमार सिंह, समाजक आजीवन सदस्य प्रविणकुमार झा, श्रीनारायण यादव, अमरेन्द्रकुमार सिंह, केशवकुमार सिंह, ममता झा, मेनुका साहलगायतको उपस्थिति रहेको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer