• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जन्माष्टमी पर्व देशैभरी भव्यताकासाथ मनाईदै

राजविराज, ९ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व यसवर्ष पनि अपार श्रद्धाकासाथ मनाईदैछ ।
कृष्ण अष्टमीको अवसरमा विहीवार हिन्दू धर्मावलम्बीले भगवान श्रीकृष्णको पूजा–आजा गरी यो पर्व मनाईरहेका छन् । सप्तरीसहित देशैभरिका कृष्ण मन्दिरमा पूजाआजा गरिँदैछ । कृष्णा अष्टमीका अवसरमा राजविराज स्थित लक्ष्मीनारायण कृष्ण मन्दिरमा पूजाआजा गर्न विहानैदेखि श्रद्धालुभक्तजनको घुइँचो लागेको छ ।
यस अतिरिक्त मन्दिर परिसरमा राधाकृष्ण लगायत देवीदेवताको माटाको मूर्ती समेत निर्माण गरी पूजाआजा भईरहेको मन्दिरका पूजारी रत्नेश्वर झाले जानकारी दिएका छन् । यस अतिरिक्त सप्तरीसहित मधेशका ग्रामिण भेगका गाउँहरुमा समेत जन्माष्टमीको अवसरमा माटाको मूर्ती बनाई पूजाआजा भईरहेको छ । यस पर्वको अवसरमा कृष्ण मन्दिर तथा मूर्ती निर्माण स्थलहरुमा मेला समेत लागेको समाचारहरु प्राप्त भएको छ ।krishna janmastami (2)
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा अष्टमीकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए । यस पर्वको अवसरमा विभिन्न धार्मिक संघरसंस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने गरिन्छ ।
देवकी तथा वासुदेवका आठौ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए । उत्तर प्रदेश मथुराका यादवहरूको राजधानी थियो । देवकीको भाई राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेलमा कैद गरी राज्य सत्ता कब्जा गरेका थिए ।
एउटा भविष्यवानीबाट डाराएर उसले दुवै जनालाई जेल भित्र कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौ सन्तानको हातबाट हुने थियो । कंशले सुरूका छ वटा बच्चालाई मारेपछी देवकीले सातौ बच्चालाई गायब गरेकी थिइन् । आठौ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो ।
जन्म भएसँगै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुगाउन लगाए । जहाँ कृष्ण आनन्दले आफ्नो काका कंशबाट टाढा रही बाँच्न सक्थे । वासुदेवले कृष्णलाई लिएर यमुना पारी सकुशल गोकुल पुर्याए । त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नादिकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए ।
कंशले त्यस अबोध बच्चालाई देवकीको आठौ सन्तान ठानी ढुङ्गामा फालेका थिए । तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक)को रूपमा स्थानान्तरित भईन र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भईन । कृष्ण गोकुलमै आफ्ना दाई बलरामसँग हुर्केका थिए । पछी उनी मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरेको धर्मग्रन्थमा उल्ले छ ।