• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लागु औषधसहित हतियार बरामद

राजविराज, ८ भदौ । सशस्त्र प्रहरीले सप्तरीको मल्हनमाबाट ठूलो परिमाणमा लागु औषधसहित हतियार बरामद गरेको छ ।
सशस्त्र प्रहरी बेस क्याम्प कडरबोनाबाट खटिएको टोलीले मल्हनमा–१ का ६९ वर्षिय छोटीलाल भण्डारीको गाईगोठमा लुकाएर राखेको अवस्थामा १५५ केजी गाँजा, पेस्तोल एक थान, गोली दुई राउण्ड र दुई थान मोबाइल बरामद गरेको छ । गोप्य सूचनाको आधारमा भारततर्फ लैजान तयारी अवस्थामा राखेको गाँजा र हतियारसहित भण्डारीलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक दमन थापाले बताए ।