राजविराज, ६ भदौ । वडा प्रहरी कार्यालयले राजविराज नगरपालिका वडा नम्वर–४ बाट सोमवार ठूलो परिमाणमा अवैध मदिरा बरामद गरेको छ ।
गङ्गा बास्तोला र मीना देवी सन्थालीको पसलबाट करिब ६ क्विन्टल मदिरा, मदिरा बनाउने मर्चा, भाडाकुडासहितका मदिराजन्य सामग्री बरामद गरेको हो । वडा प्रहरी कार्यालयका ईञ्चार्ज ब्रहम्देव साहको नेतृत्वमा खटिएको टोलीले राजविराजको वडा नम्वर–५, ६ र ९ बाट ६ क्विन्टल अबैध मदिराका साथै मदिरा बनाउने सामानहरु बरामद गरिएको ईञ्चार्ज साहले बताए ।
मदिराको अवैध उत्पादन तथा खुल्ला रुपमा विक्रीले समाजमा अपराध बढाएको हुँदा नियन्त्रण गर्ने अभियान चलाएको उनले जानकारी दिए । नियन्त्रणमा लिएको सामग्री नष्ट गरिने र सम्वन्धित व्यक्तिलाई कार्वाही गरिने ईञ्चार्ज साहले बताए ।