वीरगञ्ज, ५ भदौ । भोजपुरी कथानक चलचित्र भोजपुरीया दबङ्गको शनिवारदेखि वीरगञ्जमा सुटिङ्ग शुरु भएको छ ।
बाराको जितपुर निवासी भोजपुरी नायक शेर खानको मुख्य भुमिका रहेको चलचित्रमा नायिकाहरु .जानवी बस्नेत, सुजिता कार्की खलनायकहरु घनश्याम गिरी, शिव जी, उद्यव राय, धर्मेन्द्र पटेल, आर्यन कुमारलगायत रहेका छन् । ब्लैक चिलि ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भईरहेको चलचित्रको निर्देशक एन आर घिमिरे रहेका छन् भने चलचित्रको निर्माता साजिर अन्सारी र मुन्ना सर्राफ रहेका छन् ।
कुल ९ वटा गीतहरु रहेको फिल्मको अधिकांश शुटिङ्ग वीरगञ्ज, कलैया, जितपुर, पथलैया, बारा पर्सा र मकवानपुरको विभिन्न ठाउँहरुमा गरिने नायक खानले जानकारी दिए । कुल ४५ लाखको लागतमा निर्माण भईरहेको चलचित्र आउँदो छठमा प्रदर्शन गर्ने लक्ष्य राखिएको नायकले बताए । समाजमा भईरहेको भ्रष्टाचार र समाजिक कुरुती विरुद्ध प्रहरीको भुमिका बारे चलचित्रमा देखाउन खोजिएको फिल्मका उनले जानकारी दिए ।
अन्तराष्ट्रिय फिल्म बजारमा भोजपुरी फिल्मको लोकप्रियता बढिरहेको अवस्थामा नेपाली कलाकार, नेपाली लगानी र नेपाली भुमिमा भोजपुरी फिल्म बन्नु सुखद सन्देश भएको खानले बताए । नायक खानले एक दर्जन भन्दा बढी भोजपुरी चलचित्रमा काम गरिसकेका छन् ।