बोधराज सुवेदी
महुली, भदौ ३ गते । नेपाल रेडक्रस सोसाइटी महुलीमाई उप–शाखाले शुक्रवार महुलीमा आयोजित एक कार्यक्रममा २५ परिवार वाढी तथा अग्नी पिडीतलाई राहत स्वरुप त्रिपाल र कम्बल वितरण गरेको छ ।
ईलाका प्रहरी कार्यालय महुलीमा आयोजित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका उपरीक्षक भीम ढकाल, सशस्त्र प्रहरीका उपरीक्षक दमन थापा र नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगतले संयुक्त रुपमा राहत वितरण गरेका हुन् । राहत पाउनेहरुमा सप्तरीको वकधुवा, जण्डौल र लोहजरा गाविसका २४ परिवार बाढी पीडित र एक परिवार अग्नी पीडित रहेका थिए । उनीहरुलेप्रति परिवार एक एक थान त्रिपाल र कम्मल पाएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कोषाध्यक्ष चित्रनारायण यादवले जानकारी दिए ।