राजविराज, ३ भदौ । तेश्रो मधेश आन्दोलनको एक वर्ष पुरा भएको अवसरमा संघीय समाजवादी फोरम नेपालले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रवार सप्तरीको भारदहमा निबन्ध प्रतियोगिताको आयोजना गरिएको छ ।
समाजवादी विद्यार्थी फोरम सप्तरीले आयोजना गरेको उक्त निबन्ध प्रतियोगितामा भारदह स्थित विपी माध्ययमिक विद्यालयमा आयोजित कार्यक्रममा ४ वटा विद्यालयका १० जनाको सहभागिता रहेको थियो । ‘मधेश आन्दोलनमा बलिदानी र यसका उपलब्धी’ बिषयक निबन्ध प्रतियोगितामा इस्टर्न ज्योति इङ्गलीस बोर्डिङ्ग स्कुलका अमित मिश्रले प्रथम स्थान हासिल गरेका छन् ।
सरस्वती शिशु सदनका नितेश यादव दोश्रो तथा विपी मावि भारदहका आलोक मण्डलले तेश्रो स्थान हासिल गरेका छन् । प्रतियोगितामा शिशु कंकालिनी स्कुल पोर्ताहाकी प्रिया यादव सान्तवना स्थान प्राप्त गर्न सफल भएको समाजवादी विद्यार्थी फोरम सप्तरीका अध्यक्ष तारकेश्वर यादवले जानकारी गराए । ।
विजयी प्रतियोगिहरुलाई भदौ ५ गते भारदहमा आयोजना हुने विषेश कार्यक्रममा पुरस्कृत गरिने अध्यक्ष यादवले वताए । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यहरु शैलेन्द्र प्रसाद साह, अशोक यादव, जिल्ला अध्यक्ष दिनेश यादव, २ नम्वरका क्षेत्रीय अध्यक्ष सिताराम महतो, ३ नम्वरका क्षेत्रीय अध्यक्ष नवनित झा, युवा फोरमका जिल्ला अध्यक्ष विशाल यादव समेतको उपस्थिति थियो । प्रतियोगिताका विजयी छात्रछात्रालाई भदौ ५ गते भारदहमै आयोजित समारोहका बीच वितरण गरिने विद्यार्थी फोरमका जिल्ला अध्यक्ष तारकेश्वर यादवले जानकारी दिएका छन् ।