राजविराज, १ भदौ । उद्योग वाणिज्य संघ मोरङ्गका उपाध्यक्ष प्रदिप कुमार मुरारकाले एक समारोहका बीच कल्याणपुरमा सिर्जना फाइनान्स लिमिटेडको आठौ शाखाको समुद्घाटन बुधवार गरेका छन् ।
पूर्वाञ्चलको उदयमान संस्थाको रुपमा रहेको सिर्जना फाईनान्स लिमिटेडको चुक्ता पूँजी २० करोड सोह्र लाख रहेको छ भने सञ्चित नाफा र जगेडा कोषमा सत्र करोड रहेको छ । आगामी साधारण सभाबाट शेयर सदस्यहरुलाई पचास प्रतिशत बोनस दिने योजना रहेको यस कम्पनीको निक्षेप दुई अर्व पच्चीस करोड र कर्जा दुई अर्व रहेको कुरा संस्थाका अध्यक्ष सुयस प्याकुरेलले बताए ।
बाणिज्य बैंकहरु शहर केन्द्रित भई रहेको अवस्थामा सिर्जना फाइनान्स भने ग्रामिण क्षेत्रमा शाखा विस्तारको क्रममा छ । २०७४ पौष महिनाभित्र थप बारह स्थानमा शाखा स्थापना गरी कुल शाखा संख्या २० पु¥याउने लक्ष्य राखेको छ । यसै क्रममा सप्तरीको फत्तेपुर, बोदेवरसाईन र पातो तीन ठाउँमा शाखा विस्तार गर्ने लक्ष्य रहेको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाइँले बताए ।
‘सरल–सहज कर्जा, सुरक्षित निक्षेपमा आकर्षक व्याज, ग्रामिण घरदैलो सेवा सिर्जनाको सफलताको राज’ भन्ने नाराका साथ कल्याणपुर शाखा स्थापना गरिएको हो । वित्तीय अवस्था अति मजबुत भएको यस बित्तीय संस्थाको बित्तीय बिबरणको प्रगतिका आधारमा नेपालका बैक तथा बित्तीय संस्थाहरुमध्ये प्रमुख पाँचमा रहेको कुरा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत प्रभाकरकुमार देवकोटाले बताए ।
चालिस हजार भन्दा बढी ग्राहकहरुलाई रहेको यस संस्थाको निष्कृय कर्जा दशमलव पैतिस प्रतिशत मात्र रहेको छ । गत आर्थिक वर्षमा झण्डै १५ करोड सञ्चालन मुनाफा गरेको यस संस्थाले गत वर्ष मात्र ६ करोड भन्दा बढी राजश्व बुझाएको कुरा सञ्चालक सुवास आचार्यले बताए । ग्रामिण जनताकालागि सरल प्रकृयावाट छिटो कर्जा दिने र निक्षेपमा आकर्षक व्याज प्रदान गर्ने उद्देश्यले स्थापित यस शाखामा विदेशवाट २३ कम्पनी मार्फत आएको रकम भुक्तानी गर्ने सुविधा र एटिएम, मोवाईल वैङ्गकिङ्ग लगाएका अत्याधुनिक वैकिङ्ग सुविधा रहने कुरा कल्याणपुर शाखाका प्रबन्धक आमेन्द्रकुमार यादवले जानकारी दिए ।