राजविराज, ०१ भदौं । स्वतन्त्र मधेशी मोर्चा नगर समिति राजविराजद्वारा राजिव राउतको पुण्य तिथिको अवसरमा शहिदहरुको स्मृति सभा बुधबार राजविराजमा आयोजना गरियो ।
राजविराज स्थित शहीद दशन चौकमा आयोजित स्मृति सभाका वक्ताहरुले शहीदको बलिदानीलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले मधेशको माग सम्वोधन नभएसम्म कुनै पनि प्रलोभनमा नफँस्न समेत सचेत गराएका छन् ।
नगर समितिका संयोजक उमेश प्रसाद साह ‘कमाण्डो’को अध्यक्षता तथा नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकाश कुमार तिवारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा
विशिष्ट अतिथि संयुक्त मधेशी मोर्चा राष्ट्रिय आन्दोलन प्रवक्ता बलराम यादव, महिला नेतृ सावित्री पण्डित, जय प्रकाश यादव, तुफान मधेशी, मुक्तिनाथ यादव, सिंहेश्वर साह, दानी मण्डललगायतले सम्वोधन गरे ।